महानगर र सेनाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं । नेपाली सेना र काठमाडौं महानगरपालिकाको सहकार्यमा आज स्वास्थ्य शिविर सञ्चालन हुँदै छ ।

काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको उपलक्ष्यमा नेपाली सेनासँगको सहकार्यका आज बिहान ८ बजेदेखि वृहत्त स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।

नेपाली सेनाको खेल मैदान शहीद गेटमा सञ्चालन हुन गइरहेको वृहत्त स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरणका कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगरसभा सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख र प्रधान सेनापतिबाट साढे ९ बजे संयुक्त रुपमा उद्‌घाटन हुने स्वास्थ्य शिविर ३ बजेसम्म चल्ने महानगरले जनाएको छ । नाम दर्ताको काम भने ८ बजेदेखि १२ बजेसम्म रहने जनाइएको छ ।

 

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com