संस्कारसँगै स्वास्थ्य प्रवर्द्धक मकर संक्रान्ति


काठमाडौं ।  हिन्दु धर्म तथा सनातन संस्कार र संस्कृतिसँग जोडिएको माघे संक्रान्ति वा मकर संक्रान्ति आफैमा धार्मिक सांस्कृति, पौराणिक तथा आयुर्वेदिक महत्त्व रहेको छ । आजको दिनलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी, तिला सक्राइत आदि विभिन्न समुदायका मानिसले फरक नामले चिनिने पर्वको रुपमा माघे संक्रान्तिलाई लिइन्छ । आजको दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकोले आजको दिनलाई मकर संक्रान्ति भनिन्छ ।

प्रकृतिक दृष्टिकोणले सूर्य वर्षमा दुईपटक सूर्यको स्थितीमा परिवर्तन हुने गर्दछ । उत्तरायण र दक्षिणायान छ/छ महिनामा सूर्यको चक्कर परिर्वत हुने गर्दछ । सूर्यले मकर राशीदेखि मिथुन राशीसम्मको आसनलाई उत्तरायण र कर्कटदेखि धनु राशीसम्मको प्रवेशलाई दक्षिणायन भनिन्छ । शास्त्रका अनुसार उत्तरायणलाई शुभ र दक्षिणायनलाई अशुभ मानिन्छ । उत्तरायणको बेला दिन लामो र रातहरु छोटो हुने गर्दछन ।

धार्मिक सांस्कृतिक दृष्टिकोणले महत्त्व

पवित्र नदी एंव त्रिवेणीमा स्नान जप, ध्यान साधना र दानलाई पूण्यप्रदायक मानिन्छ । आज विभिन्न समुदायका फरक परिकार साथै सामान्य रुपमा सबै समुदायका मानिसहरुद्वारा घिउ, चाकु, तरुल एंव खिचडी खाई माघे संक्रान्ति मनाइन्छ । सनातन संसतिमा तिलको विशेष महत्त्व रहेको छ । तिलले स्नान गर्नु, तेल घस्नु, तिलयुक्त जल दिनु, तिलदान दिनु, तिलको प्रयोगले लोकमा सुख शान्ती र परलोकमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

तिलका परिकारको पकवान तथा मकर स्नान पश्चात तिलको झिक्रा तापेर शरिरलाई तातो बनाउने विषेश महत्त्व रहेको छ । आजको दिनमा तिलकलाई भुटेर लड्ड बनाएर खानले जाडोयाममा शरीर तातो हुने आयुर्वेदिक महत्त्व रहेको छ । शरीरलाई तातो वनाउने कन्दमुल तरुल, सखरखण्ड, तिल, लड्डु, खिचडी आदिले शरीरलाई तातो हुने आयुर्वेदिक महत्त्व रहेको छ । आजको दिन लामो समय जाडो मौसममा ननुहाई बस्ने आजको दिन बिहान नुहाई धुवाई चोखो कपडासहित तिलका लड्डु, चाकु, तरुल आदि दान रुद्री र सत्यनारायणको पुजा गर्ने चलन रहेको छ ।

आज मठ, मन्दिरमा हवन गरि तिल, जौ र ध्युको धुवावाट वातावरण स्वस्थ्य हुने महत्त्व रहेको छ । मधेश प्रदेशमा धारु समुदायले आजको दिनलाई माघी पर्वको रुपमा शरीर तातो बनाउने थारु परिकार माछा, मासु, ढिक्री, घुगी, अनादी चामलको झोल आदि खाएर मनाउने गर्दछन ।

थारुहरु आजको दिन गाँउ नजिकको पानीको तलाउ खोलामा गएर नुहाई ढुंगालाई महादेव मनाई जल, फल र दक्षिणा चढाई महादेवको दर्शन गर्ने सो कर्म गरेमा वर्षभरको पापकर्म नाश हुने सास्कृतिक मान्यता रहेको छ । नया कामको सुरुवात, चराले बोली परिवर्तन, रुखमा नयाँ पालुवा आउने भएकोले थारु समुदायले नयाँ वर्षको रुपमा मान्ने गर्दछन ।

मगर समुदायले डोल्पामा भोजपत्रमा राटी दालभात राखी कागको पुजा गर्ने, रुकुमका मगरहरुका छोरीहरुले बिहान स्नान गरि वारीमा उम्रेको जौ र दहि चामलको सेतो टिकाले पधेरोमा, अगेनो र धुरीखावोको पुजा गर्ने चलनले समग्र मगर समुदायले पितृ र प्रकृतिक पुजक धार्मिक मान्यता रहेको छ । आजकै दिन किराँत समुदायले काठमाडौं उपत्यका विजयी हासिल गरेको इतिहास रहेकोले आजको दिनलाई किराँत सम्वतको रुपमा मनाउने गर्दछन ।

नेवार समुदायले घिउचाकु सल्हुको रुपमा मनाउछन उनीहरुले घिउमा तिल मिसाएर र सख्खरवाट चाकु बनाएर खाने चलन छ । धेरै नदिनालाहरुको उद्गम स्थल नेपाल भएकोले यसको थप महत्त्व रहेको छ । पौराणिक परम्परामा भिष्मपितामहलाई इच्छा मरणको बरदान थियो रण भूमिमा अर्जुनका धनुष बाणहरुले सर्बत्र छेडेका भिष्मपितामह आजकै दिन शरीर त्याग गरेको भने भगिरथले सोहि दिन गंगा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए सो कारण आजका दिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई महास्नान भनिने कुरा महाभारतमा उल्लेख छ ।

सांस्कृतिक परम्परा अनुसार पुसमा पकाएको माघमा खाने ‘पुसमा पाक्के माघमा खाके’ भन्ने चलन रहेको छ । आजको दिन तेल लगायो भने शरिर एक वर्षसम्म निरोग हुने मान्यता रहेको छ । आजको दिन मकर नुहाउन बाघ समेत गंगातिर झर्ने किम्वदन्ती पाइन्छ । आजको दिनमा झापाको कन्काई धाम, चतराको वराहक्षेत्र चतरा, चितवनको देवघाट, कालीगण्डकी किनारमा, पर्वतको सेतिबेनी, काठमाण्डौको सालीनदी आदि ठाँउमा मेला तथा नुहाउनेहरुको घुइचो रहने गर्दछ ।

स्वास्थ्यको दृष्टिकोणले महत्त्व :
स्वास्थ्य शरीर जिउनको लागि पनि माघे संक्रान्ती उत्तिकै महत्त्व रहेको छ । आजको दिनदेखि सुर्यको तापक्रम क्रमशः बढ्दै जाने भएकोले शरीर स्वास्थ्यमा समस्या कम हुँदै जाने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । लामो समय चिसोका कारण ननुहाउने बस्ने मानिसहरुलाई यसको बहानामा नुहाउँदा शरीर स्वस्थ्य हुने गर्दछ ।

चिसो मौसमका कारण शरीरमा लाग्ने रोगहरु आज खाने, घिउ, चाकु, तरुण, चडी, घुगी आदि तातो उत्पादन गर्ने खाद्य सामग्री खानाले शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्वोहाइटड्रेट र प्रोटिन लगाएत तत्वहरु प्राप्त हुने भएकोले स्वास्थ्य समस्या कम हुने सम्भावित रोगसँग लड्ने क्षमता बढ्ने आयुर्वेदिक मान्यता रहेको छ ।

आजको दिन स्नान पश्चात तापिने आगो र तिलका झिाक्राले शरिर तातो तथा वातावरण स्वस्थ्य रहने धार्मिक मान्यता रहेको छ । आजका दिन शरीर शुद्ध गरि घिउ, चाकु, तिल र खिचडी खानाले शरिरमा गर्मी बढेर तागत दिने मास .हाली पकाएको तेल शरीरमा पुग्दा शरीरमा छाला तथा नशासम्बन्धी रोग नाश हुने दिश्वास गरिन्छ ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com