राष्ट्रपतिको उम्मेदवार आजै टुंगो लाग्छ : पूर्व स्वास्थ्यमन्त्री थापा


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस महामन्त्री गगन कुमार थापाले राष्ट्रपतिको उम्मेदवार आजै टुंगो लाग्ने बताए । ५ दलीय गठबन्धनको बैठकबाट बाहिरिदै उनले राष्ट्रपतिको उम्मेदवार आजै टुंगो लगाउने बताएका हुन् ।

आज ५ बजे बस्ने ५ दलीय गठबन्धनको बैठकले भावी राष्ट्रपतिको उम्मेदवारबारे थप निर्णय लिने थापाको भनाइ छ ।दलहरूले आन्तरिक छलफल गरेर थप निर्णय पुग्ने उनले सुनाए । ‘फेरि ५ बजे भेट्ने गरी छुटेका छौं । तयारी गरेर बालुवाटारमा फेरि बैठक बस्ने छ । राष्ट्रपतिको उम्मेदवारको आजै टुंगो लाग्छ ।’, उनले भने

यता राष्ट्रपतिमा विभिन्न व्यक्तिको नाम प्रस्ताव भएको छ । कांग्रेसबाट शेर बहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला राष्ट्रपतिका लागि चर्चामा छन् । नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, एमालेबाट  सुभाष नेम्वाङ र इश्वर पोखरेलको चर्चा छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र खिलराजा रेग्मी पनि राष्ट्रपति बन्ने दौडमा रहेको पाइन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com