‘वीर अस्पतालमा भिभिआईपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ’,


काठमाडौं । राष्ट्रियसभा सदस्य विमला राई पौड्याल वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार गराइरहेको विषयमा जानकारी माग्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेकी पौडेलले यस्तो टिप्पणी गरेकी हुन् ।

उनले नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो भनेर प्रश्न समेत उठाएकी छिन् । ‘कुन-कुन रोगको नेपालमा उपचार हुँदैन? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ।’, विमला राई पौड्यालले राष्ट्रियसभा बोल्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाको समेत जानकारी मागेकी छिन् ।

यस्तो छ विमला राई पौड्यालको राष्ट्रियसभाको भनाइ

हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ। बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ। तर, सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई ? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो ?

अनि उहाँको सुधार कस्तो भइराखेको छ ? यो विषयमा सरकारले जनताहरूको लागि सदनमा जानकारी गराउनुपर्छ। वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको छ। हाम्रा भिभिआईपीहरू धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको छ।

कुन-कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ। यसमा ध्यानाकर्षण गराएँ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, विचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com