टुकुचा ढल होइन खोला हो : बालेन


केहिदिन अघि सार्वजनिक भएकाे उच्च अदातल पाटनकाे फैसलाकाे पूर्णपाठले टुकुचा खाेलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएकाे छ । टुकुचा ढल हाेइन, टुकुचा खाेला नै हाे भन्ने कुरा पुनः प्रमाणित गरेकाे छ ।

नदीकाे प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रकाे घाेषणा गरेकाे छ । साे फैसलाले टुकुचा खाेला अर्थात् इच्छुमति नदिकाे प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूकाे ध्यानाकर्षण समेत गरेकाे छ ।

कुनै पनि नदी वा खाेलाकाे वहाव क्षेत्र, साेकाे दायाँबायाँ वा साेकाे माथिकाे जग्गा व्यक्ति विशेषकाे नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ । तसर्थ, अब टुकुचा खाेलाकाे क्षेत्राधिकार भित्रकाे व्यक्ति विशेषकाे नाममा त्रुटीवश कायम हुन गएकाे जग्गाको कानुन बमाेजिम लगत कट्टा गर्ने र त्यस्ताे जग्गा महानगरवासीकाे सर्वाेत्तम हीत हुने गरी सार्वजनिक प्रयाेजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि याे पुष्टि हुन्छ कि, टुकुचा खाेलाकाे प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलाे चरणकाे सफलता मिलेकाे छ ।

खाेला छाेप्ने कार्य बर्जित हाे, यस्ताे कार्यलाई सकृयता पूर्वक राेकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।

क्याटेगोरी : विचार
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com