यसरी गरौं बेवारिसे र साहराबिहीन बिरामीको व्यवस्थापन


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका सामाजिक सेवा एकाई प्रमुख अर्जुन प्रसाद भेटुवालले बेवारिसे र साहराबिहीन बिरामीको उपचार व्यवस्थापनका विषयमा सुझाव प्रस्तुत गरेका छन् । लामोसमयदेखि ट्रमा सेन्टरको सामाजिक सेवा एकाई प्रमुखको रूपमा कार्यरत भेटुवाल बेवारिसे र साहराबिहीन बिरामीको व्यवस्थापनमा भुक्तभोगी समेत हुन् ।

भेटुवालले ८ बुँदामा बेवारिसे र साहराबिहीन बिरामीको उपचार व्यवस्थापानमा बहुस्तरीय सहकार्यको प्रस्ताव गरेका छन् । उनले सारेको बेवारिसे र साहराबिहीन बिरामीको यो व्यवस्थापनको प्रस्ताव राज्यका लागि कोशेढुंगा सावित हुन सक्ने छ । यो विषयलाई उचित ठानेर स्वास्थ्य लाइभले समेत विशेष स्थान दिएको छ ।

यो प्रस्तावमा भेटवालले बेवारिसे र साहराबिहीन बिरामी व्यवस्थापनमा कसले कस्तो भूमिका खेल्ने समेत प्रस्ट पारेका छन् । सरकारी, गैर-सरकारी, निजी क्षेत्र र सञ्चार जगतले के भूमिका खेल्नुपर्छ भनेर उनले प्रस्ट खाका प्रस्तुत गरेका हुन् ।

यस्तो छ भेटुवालले अघि सारेको बेवारिसे र साहराबिहीन बिरामीको उपचार व्यवस्थापानमा बहुस्तरीय सहकार्यको प्रस्ताव :

१. उपचार निजी र सरकारी दुबैले गर्नुपर्छ (रगत , औषधि, खाना, सेवा सम्पूर नि:शुल्क)
२. उद्दार नेपाल प्रहरी र नागरिक समाजले गर्नुपर्छ ।
३. बिरामीको कुरुवा महानगरले प्रत्येक अस्पतालमा २ जनाको दरले उपलब्ध गराउँनु पर्छ ।
४. उपचारपछिको व्यववस्थापन जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका आश्रमहरुले गर्नुपर्छ । आश्रमहरुको सबलीकरण र नीतिगत सरलीकरण नेपाल सरकारले गर्नुपर्छ ।
५. सोको अनुगमन सञ्चार जगत र मन्त्रालयले गर्नुपर्छ ।
६.पारिवारिक पुनर्मिलनमा रेडियो नेपाल र नेपाल टेलिभिजनले सहयोग गर्नुपर्छ ।
७. बेवारिसे र साहराबिहीन गुणस्तरीय अस्पताल र पुनःस्थापना केन्द्र निर्माण गर्न राष्ट्रिय योजना आयोगले आयोजना बैंकमा पार्नुपर्छ ।
८. सीपमूलक तालिम र मनोसामाजिक विमर्शको लागि गैरसरकारी संस्थाले व्यवस्था गर्नुपर्छ ।

क्याटेगोरी : विचार
ट्याग : #बवारिसे बिरामी, #राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com