पूर्वस्वास्थ्य राज्यमन्त्री डंगोल बिरामी भएपछि शेखर र भीमसेनदास एक ठाउँमा


काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल बिरामी भएपछि कांग्रेस नेताहरू डा. शेखर कोइराला र भीमसेनदास प्रधान स्वास्थ्य अवस्था बुझ्न एकसाथ पुगेका छन् ।

अस्वस्थ भएर उपचार पश्चात आराम गरिरहेका डंगोलको स्वास्थ्य अवस्था बुझ्न डा. कोइराला र प्रधान उनको निवास पुगेका हुन् ।  नेपाली कांग्रेस काठमाडौका पूर्वसभापति तिर्थराम डङ्गोलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन डा. कोइराला पुगेको उनका सहयोगी दिनेशचन्द्र थपलियाको भनाइ छ ।

डंगोलको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेता डा.  कोइरालाको साथमा काठमाडौ कांग्रेसका नेताहरु प्रधान र गौरी दवाडी समेत रहेको उनले जानकारी दिए । पूर्वस्वास्थ्य राज्यमन्त्री डंगोललाई कांग्रेस नेता प्रधानले काठमाडौं महानगरपालिकाको मेयरको टिकट दिलाउन तीव्र लविइङ गरेका थिए । तर, सिर्जना सिंहले टिकट पाएपछि उनी ब्याक भए । कुनै बेलाका चर्चित नेता डंगोल कांग्रेसको राजनीति विस्तारै निस्क्रिय हुँदै गएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. शेखर कोइराला, #पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com