स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अवैध संरचना कहिले हट्छ ?


काठमाडौं । धोबीखोला करिडोरको थापागाउँस्थित वडा स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको झन्डै १ रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा रहेको छ । उक्त जग्गामा अनधिकृत संरचना बनाएर ग्यारेजदेखि खाजा घरसम्म सञ्चालनमा रहेका छन् ।

सिंहदरबारको आँखै अगाडि रहेको सरकारी जग्गामा अनधिकृत संरचना बनाएर वर्षौंदेखि लाखौं भाडा खादा पनि राज्य संयन्त्र मौन छन् ।

स्वास्थ्य लाइभको खोजीमा काठमाडौं महानगरपालिका वडा नम्बर सिट नम्बर १०२-११४६-०६ कित्ता नम्बर २६४, २८९, ४१२ को झन्डै १ रोपनी सरकारी जग्गा भूमाफियाको कब्जामा रहेको फेला परेको थियो । उक्त विषयम स्वास्थ्य लाइभमा समाचार प्रकाशित भएपछि कित्ता नम्बर १६८ को आधा रोपनी सरकारी जग्गामा बनेको अनधिकृत संरचना हटेपनि बाँकी संरचना हटेको छैन ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० ले बनाउन लागेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको नयाँ भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचना हटाउन बाँकी छ । चाहना खाजा घर, यशोदा स्टेशनरी, आरए अटो इन्जिनियरिङ प्रालीलगायतका आधा दर्जन संरचना सरकारी जग्गामा बनेका छन् । ती अवैध संरचनाहरूमा भाडा असुल्ने काम जारी छ । यो विषयमा स्वास्थ्य लाइभले वडा कार्यालय र काठमाडौं महानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारले सरकारी जग्गामा बनेका ती अनधिकृत संरचनाहरू चाँडै भत्किने बताए । १/२ दिनभित्रै रेखाङ्कन गरेर अवैध टहरा भत्काउने उनको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com