कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएको छ ।

‘राजावादी हुँ’ नुवाकोटका श्याम सापकोटा भन्ने व्यक्तिले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।

खुकुरी प्रहारबाट सहमहामन्त्री यादवको घाँटी र टाउको पछाडि भागमा गम्भीर चोट लागेको छ । सहमहामन्त्री यादव जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण निकट मानिन्छन् । ट्रमा सेन्टरमा उपचाररत उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सँगै रहेका इश्वर कार्कीले जानकारी दिए ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : #कांग्रेस सहमहामन्त्री महेन्द्र यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com