वीपी प्रतिष्ठानका अधिकृत साहमाथि भ्रष्टाचार मुद्दा


जिल्ला सुनसरी, धरानस्थित वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साह उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा  सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
साहमाथि अख्तियारले ३३ लाख २० हजार २२६ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग अधिकार नै नभएको विभागका एक अधिकृतस्तरका कर्मचारीले बिजुलीको महशुल संकलन गरी हिनामिना गरेको भन्ने उजुरी उपर छानबिन गर्दा उनको बदमासी गरेको भेटिएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो
प्रेस विज्ञप्ति:- मिति २०८०।०५।२५ गते
——————————————
जिल्ला सुनसरी, धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरुसँग अधिकार नै नभएको विभागका एक अधिकृतस्तरका कर्मचारीले बिजुलीको महशुल संकलन गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्काल वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखामा कार्यरत अधिकृत तेज नारायण साहले प्रतिष्ठानको हातामा संचालनमा रहेका बिभिन्न व्यवसायीहरुबाट विद्युत महशुलवापतको रकम रु.३३,२०,२२६।–(तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ) उठाई विद्युत महशुल सम्बन्धि सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी गरी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको देखिन आई निज तेज नारायण साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज तेज नारायण साहउपर बिगो रु.३३,२०,२२६।–(तेत्तीस लाख बीस हजार दुई सय छब्बीस रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (छ) बमोजिम कैद सजाय र जरिवाना हुन तथा हानिनोक्सानी भएको बिगोसमेत निजबाट असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
भोला दाहाल
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com