आज आकस्मिकबाहेक देशभरका स्वास्थ्य सेवा ठप्प


काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार (आज) आकस्मिकबाहेक देशभर स्वास्थ्य सेवा ठप्प पार्ने भएको छ ।

नेपाल चिकित्सक संघले एक विज्ञप्ति निकाल्दै आकस्मिकबाहेक देशभर स्वास्थ्य सेवा ठप्प पार्ने जानकरी गराएको हो । हेटौंडाको सन्चो अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमणको घटना र सरकारसँग विभिन्न माग राखेर संघले आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

नेपाल चिकित्सक संघले जारी गरेको प्रेस विज्ञप्तिमा २०८० भाद्र २९ आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकका आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण बन्द रहने उल्लेख गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ