रत्नराज्यमा ब्रतालु महिलाको स्वास्थ्य परीक्षण गर्दै लायन्स


काठमाडौं । लायन्स क्लबले काठमाडौंको रत्नराज्यस्थित बाणेश्वर महादेव मन्दिरमा दर्शनार्थ आएका भक्तजनहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ । ल्यान्सले विशेष गरी तीजका ब्रतालु नारीहरु फोकस गरेर स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

 

काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य स्कुलको प्रांगणमा बाणेश्वर मन्दिरमा दर्शनार्थ आउनु भएका  भक्तजनहरुलाई पानी तथा सर्वत खुवाउने कार्यक्रम राखिएको समाजसेवी नवीन लुईंटेलले जानकारी दिए ।

‘lions club of kathmanu together forever द्वारा आयोजित रत्नराज्य उच्च माध्यमिक विद्यालयको प्रांगणमा रहेको  बाणेश्वर मन्दिरमा दर्शनार्थ आउनु भएका श्रद्धालु भक्तजनहरुलाई पानी तथा सर्वत खुवाउने कार्यक्रम एवं स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको हो’, उनले भने, ‘उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल जिल्ला 325 M का गर्भनर भीम पौडेल र नेता लिला खरेललगायतको उपस्थिति रहेको छ ।’,

लायन्स क्लब समाजिक कार्यमा सदैव सक्रिय संस्था हो । उक्त संस्थाले काठमाडौंका स्कुलहरूमा नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com