फोटोमा हेनुहोस् लायन्स क्लबको रक्तदान कार्यक्रम


काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वरस्थित छक्कु बक्कु पार्कमा रक्तदान सफलतापूर्वक सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं टुगेदर फरईभरको आयोजनामा उक्त रक्तदान कार्यक्रम भएको हो ।

लायन्स क्लब अफ काठमाडौं टुगेदर फरईभरका सचिव नवीन लुईंटलका अनुसार क्लबको उक्त नियमित रक्तदान कार्यक्रम हो । लायन्स क्लब अफ काठमाडौं टुगेदर फरइभरले रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम राख्दै आएका छन् । नयाँ बानेश्वर व्यपार व्यवसायी संघका अध्यक्ष लुईंटेलको सक्रियताको उक्त क्षेत्रमा यस्ता रचनात्मक काम हुँदै आएका छन् । रक्तदान कार्यक्रमले नयाँ बानेश्वरमा युवाहरू यस्ता सामाजिक र सुधारका काममा धेरै अगाडि छन् भन्ने सन्देश गएको छ ।

लायन्स क्लब अफ काठमाडौंका डिष्ट्रीक गभर्नरलगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । लायन्स क्लब अफ काठमाडौं टुगेदर फरईभरका बरिष्ठ उपाध्यक्ष बाबुराम आचार्यलगायतले रक्तदान गरे ।  लायन्स क्लब अफ काठमाडौं टुगेदर फरईभरकी अध्यक्ष लता चन्द शाहले रक्तदानजस्तो पवित्र कार्य गर्दा आफूलई खुसी लागेको र क्लबलाई सधैं समाजसेवामा ब्यस्त बनाउने आफ्नो लक्ष्य रहेको बताईन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ