स्थानीय युवाहरूको अगुवाइमा निरन्तर सरसफाई हुँदै आएको छक्कुबक्कु मन्दिर


काठमाडौं । नयाँ बानेश्वरस्थित छक्कुबक्कु भगवती मन्दिर स्थानीय युवाहरूको अगुवाइमा निरन्तर सरसफाई हुँदै आएको छ । स्थानीय समाजसेवी नवराज सापकोटाका अनुसार छक्कुबक्कु मन्दिर सरसफाई कार्यक्रम उन्नाइसौं हप्तामा प्रवेश गरिसकेको छ ।

स्थानीय जनप्रतिनिधि समेत सहभागी हुने काठमाडौं नयाँ बानेश्वरको छक्कु बक्कु भगवती मन्दिर सरसफाई कार्यक्रम एउटा उदाहरणीय बनेको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, सुनिल केसी र काठमाडौं वडा नम्बर १० र ३१ का जनप्रतिनिधि पनि श्री छक्कुवबक्कु भगवती मन्दिर सरसफाई कार्यक्रम सहभागी हुँदै आएका छन् ।

नयाँ बानेश्वर व्यापार व्यवसायी संघका नवीन लुईंटेलसहितका प्रतिनिधि, नयाँ मार्ग टोल सुधार समितिका प्रतिनिधिहरू नियमित रूपमा छक्कुबक्कु भगवती मन्दिर सरसफाई कार्यक्रममा जुट्दै आएका छन् । छक्कुबक्कु सरसफाई अभियानले लगातार उन्नाइसौं हप्ता पार गर्न सफल भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ