स्वास्थ्य अवस्था सामान्य बनेपछि बालुवाटार फर्किए प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य बनेपछि बालुवाटारस्थित निवास फर्किएका छन् । स्वास्थ्यमा गडबढी भएपछि मंगलबार उनी थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना भएका थिए । हस्पिटलले प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था सामान्य देखिएपछि डिस्चार्ज गरिएको जनाएको  छ ।

प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि अस्पताल गएका हुन् । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’

प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा. यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको अस्पतालले जनाएको छ । उनी ठीक भएर राति नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फिर्ता भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ