सवारी दुर्घटनामा नविना लामासहित एक दर्जन घाइते


काठमाडौं । काभ्रेमा भएको सवारी दुर्घटनामा एमाले नेतृ नविना लामासहित झन्डै एक दर्जन घाइते भएका छन् ।

काभ्रेको बेथानचोकमा नेकपा एमालेकी केन्द्रीय सदस्य लामा सवार गाडी दुर्घटना हुँदा उनीसहित झन्डै एक दर्जन यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ । उक्त गाडीमा सवार नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा समेत घाइते भएको प्रहरीको भनाइ छ ।

लामासहितका यात्रु सवार बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकमा दुर्घटनामा परेको हो । तालढुंगाबाट बेथानचोक आउने क्रममा उक्त सवारी दुर्घटना परेर पल्टिएको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि प्रहरीले उद्धार गरेर धुलिखेल अस्पताल पठाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बुझिएन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ