लागुऔषधसहित पर्साबाट तीनजना पक्राउ


काठमाडौं । लागुऔषधसहित पर्सा जिल्लाबाट तीनजना पक्राउ मानिस पक्राउ परेका छन् ।  विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली तथा अ.प्र.पोष्ट सुपौलीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

हिरामन यादवलाई लागु औषध गाँजा, सुजन तिवारीलाई खैरो हिरोईन १.५ ग्राम र शक्ति परियारलाई लागुऔषध २७० ट्याब्लेट नाईट्राभेटसहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

शनिबर राति साढे ११ बजे पर्सा जिल्लाको पटेर्वासुगौली गा.पा. वडा ५ निचुटा नौगछियामा गल्तीमा रहेको प्रहरीको संयुक्त  टोलीले BR22AE 6740 नम्बरको स्पलेण्डर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो ।

मोटरसाइकल चालक जिल्ला पर्सा जगरनाथपुर गा.पा.वडा नं.५ सुहपुर बस्ने बर्ष ४५ को हिरामन यादवले मो.सा. पछाडी बोरामा राखिएको अबैध लागुऔषध गाँजा १० के.जी.फेला परेको हो । उनलाई नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्ररहरीले जनाएको छ ।

अ.प्र.पोष्ट ईनर्वागाँउबाट खटिएको नियमित चेकिङ टोलीले जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ ईनर्वागाउँ चोक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जना व्यक्तिलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा जिल्ला चितवन कालिका न.पा.वडा नं.६ बस्ने वर्ष १९ को प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्रामसहित सुजन तिवारीलाई प्रक्राउ गरेको हो । त्यस्तै शक्ति परियारको साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको प्रहरीले भनाइ छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ