सशस्त्रका २ डाक्टर एसपीबाट एसएसपीमा बढुवा सिफारिस


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुईजना डाक्टर सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा समितिको निर्णयानुसार डा. शैलेन्द्र कुमार दुवाल श्रेष्ठ र डा. महेन्द्र राज श्रेष्ठलाई प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले हस्ताक्षर गरेको सूचनामा सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह स्वास्थ्य तर्फ रिक्त प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पद संख्या २ (दुई)मा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको मिति २०८०/०७/१४ गतेको निर्णयानुसार उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकहरुले उक्त नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने पनि सूचनामा प्रस्ट पारिएको छ ।

 

त्यस्तै इन्जिनियरिङ्ग तर्फ रिक्त प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा सशस्त्र प्रहरी उपरीक्षक ई नानी राम हुमागाईंलाई बढुवाका लागि सिफारिस गरिएको छ । उनीहरुको सिफारिसविरूद्ध ७ दिनभित्र उजुरी नपरे एसपीबाट एसएसपीमा बढुवाका लागि बाटो खुल्नेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ