भूकम्पमा परी उपमेयर सिंहसहित सय बढीको निधन


काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित सय बढीको निधन भएको छ । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६.४ म्याग्ननिच्युडको भूकम्प जाँदा नलगाड नगरपालिकाकी उपमेयर सिंहसहित सय बढीले ज्यान गुमाएका हुन् ।  सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार भूकम्पमा रुकुम र जाजरकोटमा मात्रै ५० बढीले ज्यान गुमाएका छन् । उक्त भूकम्पमा परी रुकुमको आठविसकोटमा एकैघरका ६ जनासहित १० जनाको ज्यान गुमाएका हुन् । भूकम्पमा परी रुकुमको सानीभेरीमा ५ जनाको मृत्यु भएको छ । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको प्रहरीले जनाएको हो । ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई भूकम्प पीडितको उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले उक्त घटनमा दुःख व्यक्त गर्दै तीनवटै सुरक्षा निकायलाई उद्धार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका हुन् । सरकारले घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाइएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ