वीर अस्पतालको टोली भूकम्प प्रभावित क्षेत्रमा


काठमाडौं । वीर अस्पतालको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा खटिएको छ । ४ जना चिकित्सकसहित ६ जना वीर अस्पतालको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको हो ।

स्वास्थ्य मन्त्राालयकाे निर्देशनमा तथा चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतको समन्वयमा विशेषज्ञ चिकित्सक र औषधि उपकरणसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको हो।

उक्त टोलीमा डा. खुस्बु झा, डा. कृष्णजंग शाह, डा. कृति डंगोल, डा. विजय गुरुङ रहेका छन् । एकजना नर्स र स्वास्थ्यकर्मी पनि उक्त टोलीमा रहेकाे उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेतले बताए । बस्नेतका अनुसार १ सय किलाे अत्यावश्यक औषधी समेत लगिएकाे छ । टाेलिमा अर्थाेपेडिक चिकित्सक, नर्स, फर्मासिस्ट सहित विशेषज्ञ चिकित्सक छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ