भूकम्प पीडित बालबालिकालाई पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निःशुल्क पढाइदिने


काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भूकम्प पीडित बालबालिकालाई निःशुल्क पढाइदिने घोषण गरेका छन् । जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पको विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरूलाई निःशुल्क पढाइदिने उनको घोषणा छ । ५ जना छात्र र पाँचजना छात्रलाई आवासीय सुविधासहित उच्च माध्यमिक तहको शिक्षा निःशुल्क उपलब्धा गराइने उनको भनाइ छ ।

ती पीडित विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका पूर्वस्वास्थ्य राज्यमन्त्री श्रेष्ठले जनाएका छन् ।

‘एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू)ले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएकोप्रति गहिरो दु:ख व्यक्त गर्दै उक्त विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू (५ छात्र र ५ छात्रा)का लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको नि:शुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं ।’, पूर्वस्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लेखेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com