“एनआरएनए” भूकम्प स्वास्थ्य हटलाइन सुरु, आवश्यक परे २४ घण्टै सम्पर्क गर्न सकिने


काठमाडौं । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि एनआरएनए ग्लोबल हेल्थ कमिटीले २४ सै घण्टा स्वास्थ्य हटलाइन सेवा सुरु गरेकाे छ । गत शुक्रबार पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निट्यूडकाे भूकम्प गएको थियाे । उक्त भुकम्पमा परि हाल सम्म कम्तीमा १५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य महामारीको जाेखिम हुनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले अलट गराएको छ । यही अवस्थालाई मध्यनजर गर्दै एनआरएनए ग्लोबल हेल्थ कमिटीले २४ सै घण्टा स्वास्थ्य हटलाइन सेवा सुरु गरेकाे जनाएकाे छ ।

एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष तथा हटलाइन प्रमुख डा सञ्जीव सापकोटाले जुनसुकै समयमा पनि हटलाइन मार्फत विशेषज्ञ चिकित्सा सल्लाह लिन सक्ने बताए ।

स्वास्थ्य र चिकित्सा सल्लाहको लागि प्रत्यक्ष कल, भाइभर वा व्हाट्सएपमा फाेन अथवा म्यासेज गरेर पनि सल्लाह सुझाव लिन सक्ने सापकोटाले बताए । उनीहरूले भूकम्पसँग सम्बन्धित रोग वा स्वास्थ्य समस्या वा भूकम्पअघि आफूलाई लागेको दीर्घकालीन रोगबारे सोध्न सक्छन्,” डा. सापकोटाले भने।

आवश्यक परेकाे अवस्थामा सम्पर्क गर्न भन्दै डा. भूपेन्द्र मल्ल ९८४-९६७९३०७; डा. शिवराम महतो ९८५२८३४७३०; डा. उज्ज्वल कुमार झा ९८६७३२५५५५ नम्बर समेेत उपलब्ध गराएको छ ।

हटलाइन सेन्टर फर अमेरिकन मेडिकल स्पेशलिस्ट (CAMS), ASK Foundation र Craniofacial Center (CFC) सँगको साझेदारीमा सञ्चालन भइरहेको छ। “हामी हेल्थ हटलाइनको हिस्सा हुन पाउँदा हर्षित छौं,” संक्रामक रोगका वरिष्ठ विज्ञ तथा CAMS का प्रबन्धक डा. प्रभात अधिकारीले भने।

एनआरएनए ग्लोबल हेल्थ कमिटीका वरिष्ठ विज्ञ तथा सीएफसीका प्रबन्धक डा. सुनिल शाहले नेपाली नागरिकहरूलाई आवश्यक पर्ने हेरचाह र सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्नेे बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ