शीर्ष नेतालाई सक्रिय राजनीतिबाट विश्राम लिन गगन थापाको आग्रह


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले शीर्ष नेतालाई सक्रिय राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन् । प्रधानमन्त्रीको दौडमा रहेका उनले समाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउन शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्नेमा गगनको जोड छ । यति भए गणतन्त्रविरुद्ध जस्तो अराजक आवाजहरू आफैँ हराउँदै जाने उनको तर्क छ ।

‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू(शीर्ष नेता) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो।  मैले भन्दै आएको छु, फेरी भन्छु-‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’, गगनले लेखेका छन्, ‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ