भूकम्प पिडितको राहात तथा उद्दारको लागि सुर्य नेपालकाे १ करोड ४० लाख सहयोग


काठमाडौं । सूर्य नेपाल प्रा.लि. ले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्र्थापनामा मद्दत पुर्याउने उदेश्यले १ करोड ४० लाख सहयोग गरेको छ ।

१ करोड रुपैँया प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री पुष कमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले थप ३५ लाख बराबरको खाद्यान्न र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ । त्यसैगरी ५ लाख बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिएकाे सूर्य नेपालले जानकारी गराएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ