काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तले सचिवलाई मात्र होइन मिडियालाई पनि ढाँटे


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी ढाँट्नमा खप्पिस भएर निस्किएका छन् । उनले सोमबारदेखि काठमाडौं महानगरपालिकामा हाजिर हुन्छु भनेर ढाँटेका हुन् ।

मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाहका अनुसार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी सोमबार हाजिर भएका छैनन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले सोमबार काठमाडौं महानगरपालिकामा हाजिर हुने जानकारी गराएका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत अधिकारी सोमबार काठमाडौं महानगरपालिकामा हाजिर नभएकाे पाइएको हो ।

त्यसो त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहलाई शुक्रबारबाटै हाजिर हुने बताएका थिए । गत बुधबार उनले सचिव सिंहलाई टेलिफोन गरेर शुक्रबारदेखि काठमाडौं महानगरपालिकामा हाजिर हुने जनाएका थिए । अधिकारीले बालेनसँग कुरा मिलिसकेको बताउँदै सचिव सिंहलाई शुक्रबारदेखि हाजिर हुने सुनाएका थिए । स्वास्थ्य लाइभसँगको कुराकानीमा भने उनले सोमबार हाजिर हुने भनेर भाखा फेरेका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मिडियालाई पनि ढाँटेको पुष्टि भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ