स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अनुदानको दुरूपयोग गरियो: अख्तियार प्रमुख राई


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले स्वास्थ्य, शिक्षालगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गरिएको बताएका छन् । अख्तियारको ३३ औं स्थापना दिवसको समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपन्छीलगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गर्ने, नियम, कानुन, कार्यविधि, मापदण्ड र नागरिक वडापत्र पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाहरू प्रवेश गराई सेवा अवरुद्ध गराई मिलेमतो अनियमितता गर्ने आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जवाफदेहिता नलिने, निर्णय नगरी थन्क्याएर राख्ने जस्ता प्रवृत्ति हरू देखिएका छन् ।’, अख्तियार प्रमुख राईले भने । सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिस्पर्धा सीमित गर्ने, विना प्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्व सम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजनाबिना नै खरिद कार्य गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ ।

यस्तो छ अख्तियार प्रमुख राईको लिखित मन्तव्य

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ