स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य-सचिव भएकोमा कोषाध्यक्ष डा. जोशीलाई एनएमएको सम्मान


काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले आफ्नै कोषाध्यक्ष डा. प्रमोद जोशीलाई खादा ओढाएर सम्मान गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कोषाध्यक्षमा नियुक्ति भएको भन्दै डा. जोशीलाई एनएमएले  सम्मान गरेको हो ।

संघको केन्द्रीय कार्यालयमा बोलाएर संघले जोशीलाई सम्मानसहित बधाई ज्ञापन गर्दै, सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । त्यस्तै एनएमएले पूर्वअध्यक्षद्वय डा.  आनन्दप्रसाद श्रेष्ठ र डा. रमेशकान्त अधिकारीलाई समेत सम्मान बधाई ज्ञापन गरेको हो ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्यमा नियुक्त भएका पूर्वअध्यक्षद्वय श्रेष्ठ र अधिकारीलाई खादा ओढाएर सम्मान गर्दै एनएमएले बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ ।

‘नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. रमेशकान्त अधिकारीज्यू पाटन एकेडेमी अफ हेल्थ साईन्सेस्को सिनेट मेम्बर जस्तो गरिमामय पदमा नियुक्त हुनु भएको र नेपाल चिकित्सक संघका कोषाध्यक्ष श्री. डा. प्रमोद जोशीज्यू नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य-सचिव जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै, सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।’,  एनएमएले भनेेको छ । एनएमएले आफूसँग आवद्धहरुलाई राज्यबाट केेही प्राप्त गरे यसरी नै सम्मान तथा बधाईको कार्यक्रम राख्दै आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ