न्याम्सको २२ औं वार्षिकोत्सवमा उपकुलपति भुपेन्द्रको सम्बोधन


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवस – २०८१

                                 मिति: २०८१ साल बैशाख २३ गते

                                          स्थानः राष्ट्रियसभागृह, भृकुटीमण्डप, काठमाडौ

प्रा.डा. भुपेन्द्र कुमार बस्नेत, उपकुलपतिको सम्बोधन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा पाल्नु भएका सम्माननीय प्रधानमन्त्री एवम् प्रतिष्‍ठानका कुलपति श्री पुष्पकमल दाहाल प्रचण्डज्यू,

विशेष अतिथि : काठमाडौं महानगरपालिकाका नगर प्रमुख श्री बालेन्द्र शाहज्यू

विशेष अतिथि : राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा.शिवराज अधिकारीज्यू

विशेष अतिथिः विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीज्यू

विशेष अतिथि : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्री मधुसुदन बुर्लाकोटीज्यू,

विशेष अतिथि : अर्थ मन्त्रालयका सचिव श्री मधुकुमार मरासिनीज्यू

विशेष अतिथि : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवज्यू,

विशेष अतिथिः चि.वि.रा. प्र. का पूर्व उपकुलपतिज्यूहरु :

      श्रीमान् प्रा.डा. दिनेश नाथ गंगोलज्यु,

      श्रीमान् प्रा.डा. विश्वराज दलीज्यु,

      श्रीमान् प्रा.डा. दामोदर प्रसाद पोखरेलज्यु,

      श्रीमान् प्रा.डा. गणेश बहादूर गूरुङज्यु,

      श्रीमान् प्रा.डा. देव नारायण शाहज्यु

चि.वि.रा.प. कार्यकारी परिषद्का पदाधिकारीज्यूहरु :

प्रा. डा. लोचन कार्की, शिक्षाध्यक्ष, चि.वि.रा.प्र.

सहायक प्रा. डा.ज्ञानेन्द्र विक्रम शाह, रजिष्ट्रार, चि.वि.रा.प्र.

सह प्रा. डा.अशेष ढुङ्गाना, डीन, चि.वि.रा.प्र.

प्रा. डा.अनुपमा कार्की, कार्यकारी परिषद सदस्य

सह प्रा. डा.सन्तोष पौडेल, निर्देशक, चि.वि.रा.प्र, वीर अस्पताल

सह प्रा. डा. प्रमोद कुमार यादव, नि. प्र. मे.सु, राष्‍ट्रिय ट्रमा सेन्टर

चि.वि.रा. प्र. का सभाका सदस्यहरु

प्रा.डा राजेश नाथ गोंगल, उपकुलपति, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. विकास लामिछाने, उपकुलपति, राप्‍ति स्वास्थ्य विज्ञान प्रतिष्‍ठान

प्रा. डा. चोपलाल भुसाल, अध्यक्ष, नेपाल मेडिकल काउन्सिल

सह प्रा. बन्दना थापा, क्याम्पस प्रमुख, वीर अस्पताल नर्सिङ क्याम्पस

प्रा.डा. दिव्या सिंह शाह, डीन,त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान

सह प्रा. डा. श्रीप्रसाद अधिकारी, निर्देशक, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल

सह प्रा. डा. दिपक सिग्देल, प्रमुख मे.सु. , कोशी अस्पताल

डा. पदम बहादुर गिरी, वरिष्ठ अधिवक्ता

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा.डा. गेहनाथ बरालज्यू

अतिथि : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिवज्यूहरु

अतिथि: भरतपुर अस्पताल विकास समितिका अध्यक्ष श्री राजु पौडेलज्यू

अतिथि: श्री जितेन्द्र बस्नेतज्यू, प्रमुख जिल्ला अधिकारी, काठमाडौ

अतिथिः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका महानिर्देशकज्यूहरु

अतिथिः नेपाल नर्सिङ काउन्सिलका अध्यक्षज्यू

अतिथिः नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्षज्यू

अतिथिः विश्व स्वास्थ संगठनका प्रतिनिधि ज्यू

चि.वि. रा.प्र. का अन्य पदाधिकारीहरु

सह प्रा.डा. विकास विक्रम सिंह अधिकारी, सहायक डीन

सह प्रा. डा. राजेन्द्र श्रेष्ठ, सहायक डीन

सहायक प्रा. डा. पवन कुमार हमाल, सहायक डीन

सहायक निर्देशक डा. समाज गौतम

सहायक निर्देशक डा. विकास के.सी.

अतिथि : विभिन्न प्रतिष्ठानहरुबाट आउनुभएका उपकुलपतिज्यूहरु, शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन, चि.वि.रा.प्र. प्राज्ञिक परिषद्का पदाधिकारीज्यूहरु, न्याम्सका सहसचिवज्यू, वीर अस्पताल तथा राष्‍ट्रिय ट्रमा सेन्टरका नर्सिङ निर्देशकज्यू, उपसचिवज्यूहरु, स्वास्थ्य तथ जनसंख्या मन्त्रीज्यूको निजी सचिव डा. अमरेन्द्र यादवज्यू,विभागीय प्रमुखज्यूहरु, संयोजकज्यूहरु, प्राध्यपकज्यूहरु तथा Faculty ज्यूहरु, Nursing Campus का Faculty ज्यूहरु, नर्सिङ प्रशासकज्यूहरु, विभिन्न अस्पताल तथा केन्द्रका निर्देशकज्यूहरु,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुखज्यूहरु, स्वास्थ्य सेवा विभागका निर्देशकज्यूहरु, सहसचिवज्यूहरु, प्रमुख,महाशाखा प्रमुखहरु, नर्सिङ निर्देशकज्यूहरु, नेपाल चिकित्सक संघका अध्यक्षज्यू, नेपाल नर्सिङ संघका अध्यक्षज्यू, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिवज्यू, GODAN, GONAN, RAN का अध्यक्षज्यूहरु, पूर्व उपकुलपतिहरु, पूर्व शिक्षाध्यक्षहरु, पूर्व रजिष्ट्रारहरु, पूर्व डीनहरु, पूर्व सहायक डीनज्यूहरु, पूर्व प्राध्यपकज्यूहरु, पूर्व सहसचिवज्यूहरु, पूर्व नर्सिङ निर्देशकज्यूहरु, पूर्व नर्सिङ प्रशासकज्यूहरु,पूर्व क्याम्पस प्रमुखज्यूहरु, न्याम्समा शाखा प्रमुखहरु, विभिन्न सहयोगी दाताहरु, सम्मानीत तथा पुरस्कृत व्यक्तित्वका परिवारजनहरु, पत्रकारज्यूहरु लगायत यहाँ उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्द महानुभावहरु

नेपालमा दक्ष स्वास्थ्य जनशक्ति एवम् Post Graduate अध्ययनको कमी भएको अवस्थामा वि.सं. २०५९ सालमा अध्यादेश मार्फत स्थापित भई वि.सं. २०६३ सालमा चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठान ऐनबाट सञ्चालन भई आज हामी २२ औ वर्ष पूरा गरेका छौ । यो प्रतिष्ठान देशकै सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर अस्पतालको जगमा सुरु भएको हो । यसका मुख्य उद्देश्य नै स्वास्थ्य क्षेत्रमा दक्ष तथा उच्च स्तरीय जनशक्ति उत्पादन गर्ने, सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने रहेको छ । यसै अनुरुप चि.वि.रा.प्र. बाट MD MS, DM MCh, Nursing, Allied Health Science का विभिन्न ६८ शैक्षिक कार्यक्रम तथा तालिम रहेको र हाल १००० जना हाराहारी तालिममा छन् भने ३२४६ जनाले तालिम प्राप्त गरिसकेका छन् । उक्त तालिम वीर अस्पताल, राष्‍ट्रिय ट्रमा सेन्टर लगायत काठमाडौं उपत्यकाका परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, नेपाल आँखा अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, तीलगंगा आँखा अस्पताल, शहिद गंगालाल राष्‍ट्रिय हृदयरोग केन्द्र त्यस्तै काठमाडौं उपत्यका बाहिरका भरतपुर अस्पताल, रण अम्बिका आँखा अस्पताल, विराटनगर आँखा अस्पतालबाट सञ्‍चालन भइरहेको छ ।

प्रतिष्‍ठान तथा सम्बद्ध अस्पतालहरुबाट तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरु देशका विभिन्न सरकारी, गैरसरकारी तथा अन्य अस्पतालहरुमा गएर आम नागरिकहरुलाई सेवा दिईरहेको अवस्था छ । जसले देशको स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । प्रतिष्‍ठानबाट अध्ययन पूरा गरि गएका १३६ जना विदेशी चिकित्सकहरुले भारत, माल्दिभ्स, म्यान्मार, भुटान, श्रीलंका, कम्बोडिया, इस्टटिमोर तथा इरिटीयामा सेवा दिइरहेका छन् ।

त्यस्तै विभिन्न स्वास्थ्यका विषयमा अनुसन्धान भईरहेको र देश विदेशका संघ संस्थाहरुसँग समन्वय गरि अनुसन्धानका कामहरु भइरहेका छन् । विभिन्न विदेशी विश्विविद्यालयहरुसँग पनि सम्झौता गरि अध्ययन अध्यापनलाई गुणस्तरीय र समय सापेक्ष बनाउने कोशिश गरिएको छ ।

सम्माननीय प्रधानमन्त्री एवम् कुलपतिज्यू,

देशको आवश्यकता, संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वयन गर्न पनि अझै धेरै स्वास्थ्य क्षेत्रमा जनशक्ति आवश्यकता रहेको छ जुन कुरा चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आँकलनमा समेत आइसकेको छ । यसका लागि पनि चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठानले अझै धेरै नयाँ नयाँ विषयहरुमा तालिम, अध्ययन र अनुसन्धान गराउनुपर्ने अवस्था देखिन्छ । हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्तिको अधिकतम उपयोग साथै देशलाई आवश्यक चिकित्सक उत्पादन गर्न पनि हामीले आगामी आ. व. बाट MBBS कार्यक्रम सुरु गर्ने तयारीमा छौं । सम्माननीय प्रधानमन्त्री एवम् कुलपतिज्यूबाट यसलाई कार्यान्वयनमा लग्न आवश्यक सहयोग प्राप्त हुने नै छ । भरतपुर अस्पताल चि वि रा प्र कै शैक्षिक आंगिक अस्पताल रहने नेपाल सरकार, मन्त्रीपरिषदबाट निर्णय भइसकेको अवस्था छ । उक्त अस्पतालमा पनि हामीले MD MS को शैक्षिक कार्यक्रम सञ्‍चालन गरिरहेका छौ । उक्त अस्पतालमा MBBS कार्यक्रम पनि सञ्‍चालन गर्न सकिने अवस्था छ ।

हाल चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठानको आफ्नै अस्पताल वीर अस्पताल रहेकोमा यसलाई सेवा सुविधा विस्तार गर्न नेपाल सरकारबाट ५७० रोपनी जग्गा दुवाकोट प्राप्‍त भएको छ र उक्त स्थानमा १५०० बेडको Super Speciality अस्पताल सहित मेडिकल कलेज नर्सिङ कलेज तथा अन्य Allied Health science का कलेजहरुका साथै आवास गृह बनाउने योजना सहित गुरुयोजना पनि बनि सकेको अवस्था छ । उक्त गुरुयोजनालाई तीन चरणमा पूरा गर्ने गरि पहिलो चरणको ५०० बेडको अस्पताल र मेडिकल कलेज तत्काल बनाउनुपर्ने आवश्यकता महसुस गरि सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेका छौ । हाल चिकित्सा विज्ञान राष्‍ट्रिय प्रतिष्‍ठान ऐनलाई संशोधन गर्न केही नेपाल ऐन संशोधन अगाडी बढेको अवस्था छ । दुवाकोटको अस्पताल बनाएर अध्ययन अध्यापनलाई नियमित गरेर मात्र उक्त संशोधन भएमा चिकित्सा क्षेत्रमा आवश्यक जनशक्ति उत्पादनमा सहज हुने कुरा पनि अनुरोध गर्न चाहन्छु ।

अन्त्यमा आफ्नो अमूल्य समय दिई पाल्नुभएका आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री एवम् कुलपति प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु साथै आजको यस २२ औ स्थापना दिवसका पाल्नुहुने विशेष अतिथि, अतिथि तथा सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दै यस कार्यक्रमको लागि सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आजको यस कार्यक्रम समापन भएको जानकारी गराउदछु ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com