तस्बिरमा हेर्नुहोस् न्याम्सको २४ औं स्थापना दिवस


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफ्नो २४ औं स्थापना दिवस (वाषिर्कोत्सव) मनाएको छ । न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा न्यान्सले २४ औं स्थापना दिवस मनाएको हो ।

न्याम्सको २४ औं स्थापना दिवस उपकुलपति भुपेन्द्रकुमार बस्नेतको अध्यक्षतामा राष्ट्रिय सभा गृह, भृकुटी मण्डपमा मनाएको हो ।  उक्त अवसरमा रेक्टर डा. लोचन कार्कीले न्याम्सको विगत, वर्तमान र भविष्यको योजना तथा खाका प्रस्तुत गरे । रजिष्ट्रार ज्ञानेन्द्र विक्रम शाहले उक्त अवसरमा स्वागत मन्तव्यका साथै न्याम्सको आवश्यकता र औचित्य प्रस्ट्याउने प्रयास गरे ।

न्याम्सको २४ औं स्थापना दिवसको अवसरमा पूर्व उपकुलपतिहरु प्राडा दिनेशनाथ गंगोल,   प्राडा विश्वराज दली, प्राडा दामोदरप्रसाद पोखरेल, प्राडा गणेश बहादूर गूरुङ,  प्राडा देवनारायण शाहको पनि उपस्थिति रहेको थियो । राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारी, स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटी, वीर अस्पतालका निर्देशक सन्तोष पौडेल, ट्रमामा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोदकुमार यादवलगायत पनि उपस्थित रहेका थिए ।

तस्बिरमा हेर्नुहोस् न्याम्सको २४ औं स्थापना दिवस

 

 

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com