‘नेसनल पेमेन्ट गेटवे’मा सुनिल पौडेल ९ वर्ष जेल र आधा अर्ब रुपैयाँ तिर्नुपर्नेमा परे


काठमाडौं । ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा सुनिल पौडेल ९ वर्ष कैद र झन्डै आधा अर्ब रुपैयाँ तिनुपर्नेमा परेका छन् । विशेष अदालतले मंगलबार सजाय निर्धारण गर्दै उनलाई ९ वर्ष कैद हुने फैसला सुनाएको हो । विशेष अदालतले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै त्यति नै जरिवाना हुने ठहर गरेको छ । २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवाना जोड्दा झन्डै आधा अर्ब हुन आउँछ ।

विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनलाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ विगो जरिवाना निर्धारण गरेसँगै सुनिल पौडेल महँगोमा परेका हुन् । ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा विशेष अदालतले गत बैशाख ७ गते सुनिललाई भ्रष्टाचारी ठहर गर्दै २५ गतेलाई सजाय निर्धारणका लागि मिति तोकेको थियो । विशेष अदालतले सचिव मधुकुमार मरासिनीसहित अन्यलाई सफाइ दिँदै सुनिलले एकलौटी भ्रष्टाचार गरेको फैसला सुनाएको थियो । एउटै मुद्दा लागेका सुनिल जेल गएका छन् भने सफाइ पाएर मधु अर्थसचिव भइसकेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा खरिद गरेको नेशनल पेमेण्ट गेटवे सिस्टमको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त निर्णय प्रक्रियामा सहभागी अन्य ८ जनाले सफाइ पाएर सुनिल मात्र जाकिएका छन् । आईटी माफिया पौडेल बन्धु सुनिल र विकल अख्तियारको फन्दामा परेका छन् । सुनिल त जेलमै पुगेका छन् । उनले टेलिकमको प्रबन्ध निर्देशकबाट समेत हात धुनु परेको छ । गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा समेत सुनिलले खेपिरहेका छन् । अझै कतिवटा मुद्दा लाग्ने हो भन्न सकिन्न अवस्था छैन ।

क्याटेगोरी : सुशासन
ट्याग : #अर्थसचिव मधु कुमार मरासिनी, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल, #नेसनल पेमेन्ट गेटवे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com