कोरोना कहर : काठमाडौँ महानगरले सुरु गर्याे निशुल्क एम्बुलेन्स (यस्ताे छ सेवा लिने तरिका)


काठमाडौँ । कोरोना भाइरसका विरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले निशुल्क एम्बलुलेन्स सेवा सुरु गर्ने भएको छ । कोरोना संक्रमितसँगै अन्य विरामीलाई उपचारका लागि टेवा पुगोस् भनेर एम्बुलेन्स सेवा सुरु गरेको महानगरले जनाएको छ ।
महानगरपालिकाको संक्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार आयोजित विशेष बैठकले कोरोना संक्रमित र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो।

महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवाको सहकार्यमा निःशुल्क सेवा प्रदान गर्न लागेको हो। सेवा लिनेहरुले १०२ मा फोन गरेर कोभिड पोजेटिभ भएका बिरामीले एम्बुलेन्सका लागि सम्पर्क गर्न सक्नेछन् । त्यस्तै अन्य बिरामीले पनि सोही नम्बर या महानगरपालिकाकाले आपत्कालिका टोल फ्री नम्बर ११८० मा फोन गर्न सक्नेछन् । उक्त हटलाइन २४ सै घण्टा सूचारु छ । महानगरपालिकाले १० वटा एम्बुलेन्सबाट निशुल्क सेवा दिनेछ ।
एम्बुलेन्स चाहिनेहरुले १०२ वा ११८० हटलाइनमा फोन गर्न सक्नेछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #काठमाडाैँ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com