कोभिडमा भोकै खटिएका स्वास्थ्यकर्मीमाथी सचिव अर्यालको आतंक !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव भएर आएदेखिनै सचिव लक्ष्मण अर्यालले मन्त्रालयमा आतंक मच्चाउँदै आएका छन् । घर परिवार नभनि भोकै कोरोना भाइरस नियन्त्रणमा खटिएका कर्मचारीमाथी सचिव अर्यालले पछिल्लो केही समय यता बिभिन्न बाहनामा धम्याउने मात्रै हैन मानसिक तनाव समेत दिदै आएका छन् । कतिपय कर्मचारी उनको कार्यशैलीकै कारण बिहान हाजिर गर्न मात्रै मन्त्रालय आउने गरेको बताउँछन् ।

सचिवको अर्यालले मन्त्रालयमा आईएनजीओहरूलाई हालीमुहाली गर्न दिएर आफ्ना कर्मचारीमाथि भने आतंक सिर्जना गर्दै आएको खुल्न आएको छ । गैरकानुनी रुपमा मन्त्रालयको ट्वाइलेट देखि कोठा समेत आफ्नो कब्जामा राखेका आईएनजीओका कर्मचारी हटाउने भन्दा अझै उनिहरुलाई जोगाउने पक्षमा अर्याल उभिएका छन् । उनको हरेक बैठक आईएनजीओको कार्यकक्षमा हुने मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य सचिवको रुपमा स्वास्थ्यमा प्रवेश गर्दा स्वास्थ्यमा स्वास्थ्य उपकरण खरिद गर्दै आएका सप्लायर्सको १० वर्ष अगाडिको फाइल खोल्छु भन्दै फूर्ती लगाएका थिए । पछिल्लो समय उनले दिएको यो धम्की सेटिङ् मिलाउने एउटा गतिलो बाहना भएको अधिकारीहरु बताउँछन् । सचिव अर्यालले अहिलेसम्म त्यो आँट गर्न सकेका छैनन् ।

विगतका सचिवसँग एनजीओ ÷ आईएनजीओका कर्मचारीको सहज पहुँच हुदैन थियो । समय लिएर मात्रै उनिहरु सचिवको कोठामा प्रवेश गर्थे । तर, अहिले पहिलो प्रार्थमिकता एनजीओ ÷ आईएनजीओका कर्मचारी र त्यस पछि मात्रै सरकारी अधिकारीले भेट्न पाउँछन् । सचिव अर्यालको दाहीने हातका रुपमा सुशील बराल र सुरेश तिवारी छन् । उनीहरु दुवै आईएनजीओमा आवद्ध छन् । तिवारीलाई भने स्वास्थ्य बीमा बोडको सदस्यमा समेत नियुक्ति गरेका छन् ।

अझै अचम्मको कुरात सचिव अर्यालले आईएनजीओका ठेकदार सुशील बराललाई हरेक सरकारी कार्यक्रममा होस्टका रुपमा अगाडी सार्दै आएका छन् । स्वास्थ्य मन्त्रालय आफैमा प्राविधिक मन्त्रालय हो । चिकित्सकहरुले भरिएको मन्त्रालयमा अग्रेजी बोल्न जान्ने कर्मचारी नभएको जस्तो गरी आईएनजीओमा आवद्ध बराललाई अगाडी सार्दै आएका छन् । उनको कार्यशैलीले स्वास्थ्य मन्त्रालय मात्रै हैन मन्त्रालयका कर्मचारीको समेत बदनाम हुन थालेको छ । दातृ निकायले सहयोग गर्दा, बार्षिक समिक्षा जस्ता महंवपूर्ण कार्यक्रममा बराल हाबी हुदै आएका छन् ।

आफ्नाक्षमतावान् कर्मचारीलाई कांग्रेसीको ट्याग लगाउँदै १ बर्ष भन्दा बढी देखि फाजिलमा राखेका छन् । उनले मेरो कुरा पार्टीका गर्छस् भनेर कर्मचारीलाई अधिकार र जिम्मेवारीविहीन बनाएर फाजिलमा राख्ने र यातना दिने गरेका छन् ।
सबै कर्मचारीलाई नेतृत्व दिन्छु भनेर मन चोर्ने काम गरेका सचिव अर्यालले हरेकको बारेमा फरकफरक मान्छेसँग जासुसी गर्ने, सोध्ने र धम्क्याउने काम गर्ने पिडित कर्मचारीहरु बताउँछन् । उनले मन्त्रालयमा पत्रकारलाई सूचनाको पहुँच दिन रोक्न मात्र होइन मन्त्रालय प्रवेशमा नै कडाई गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएर तानाशाही प्रवृत्ति लादे । सचिव अर्यालले पत्रकारलाई सूचना दिस् भनेर मातहतको कर्मचारीलाई कार्य सम्पादन मूल्यांकन (कासमु) नम्बर समेत काट्छु भन्न भ्याएका छन् । उनले अहिले कर्मचारीलाई हतोसाहित गर्ने काम गरिरहेका छन् ।

मन्त्रालयको महत्त्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखा दुई महिनादेखि खाली छ । डा जागेश्वर गौतम सरुवा भएर वीर अस्पताल गएपछि त्यो महाशाखा खाली छ । तर, उक्त महाशाखामा दरबन्दी रहेका कर्मचारीलाई फाजिलमा राखेका छन् । यसले सचिव प्रसस्तै आशंका उब्जिएका छन् । डा प्रशाक शाह तीन महिना देखि फाजिलमा छन् । उनको दरबन्दी त्यही समन्वय महाशाखा हो । तर, उनलाई अधिकार दिएको छैन । कतै सचिव अर्यालले स्वास्थ्य मन्त्रालय प्रशासन मैत्री बनाएर छाड्ने हैनन भन्ने शंका कर्मचारीमा पर्न थालेको छ ।

सचिव अर्यालले मन्त्रालयका तीववटा महाशाखा, प्रशासन जनसंख्या र स्वास्थ्य समन्वपको जिम्मा प्रशासनकी शैलजा रेग्मीलाई दिएका छन् । स्वास्थ्यमा प्राविधिक महाशाखा प्रमुख दुई जना हुँदाहुँदै प्रशासनकी शैलजालाई दिने कुरा रहस्यमय भएको स्वास्थ्यका कर्मचारीहरु बताउँछन् । देशको नीति, निर्माण तथा निर्णयदेखि नागरिकको संवेदनशिल डाटामासमेत आईएनजीओलाई पहुँच दिएका सचिव अर्यालले आफ्ना कर्मचारीलाई भने सौतेनी व्यवहार गर्दै आएका छन् ।

उनको व्यवहारबाट स्वास्थ्यका कर्मचारीहरू आजित र आतंकित छन् । रोशन पोखरेल , दिपेन्द्ररमण सिंह महेन्द्र श्रेष्ठ, गुणराज लोहनी, कृष्ण पौडेल, संगिता मिश्र सिनियर सबैलाई तपाईं सचिव हो, भनेर व्यङ्ग्य हान्दै आएका थिए । उनले सामान्य प्रशासन मन्त्रालयसँग सेटिङ गरेर स्वास्थ्यको प्राविधिक सचिवको दरबन्दी नै लामो समय होल्ड गरिदिए । चौतर्फी दबाबपछि भने दरबन्दी फेला परÞ्यो र स्वास्थ्यमा प्राविधिक सचिव बन्न बाटो खुल्यो । त्यो पनि नयाँ सरकार परिवर्तन नै हुनुपर्यो ।

सचिव अर्याल स्वास्थ्यमा आएको ३ महिनादेखि म यहाँ बस्दिन तपाईंहरूनै चलाउनु भन्दै दरबन्दी होल्ड गर्ने र स्वास्थ्यमै टिकिरहने रणनीति बनाए । स्वास्थ्यका यस अघिका सचिव छोटो समयमै सरूवा हुने गरेका थिए । ३ महिनामै नबस्ने भन्दै हिडेका सचिव अर्याल अहिले एक वर्ष भन्दा बढी भइसक्दा पनि सरुवामा परेका छैनन । उनको कार्यशैली र व्यवहारप्रती चित्त नबुझेका कारण उनलाई सरकारले सरुवा नगरेको हो ।

पछिल्लो समयमा खोप लगाउनका लागि मन्त्रालयले संकलन गरेको नागरिकको महत्त्वपूर्ण र संवेदनशिल डाटा आईएनजीओको कब्जामा रहेको रहस्य खुलेको छ । मिडियामा यस्तो कुरा खुलासा भएपछि त्यसलाई ढाकछोप गर्न कर्मचारीलाई धम्काउने काम गरेको गुनासो आउन थालेको छ ।
अर्याल सचिव भएर आएसँगै स्वास्थ्य मन्त्रालय महत्वपूर्ण कागजात मात्र होइन कोठादेखि ट्वाईलेटसम्म आईएनजीओको कब्जामा पुगेको तथ्य यस अघि नै स्वास्थ्यलाईभले खुलासा गरिसकेको छ ।

भारतबाट किन्न खोजेको कोभिसिल्ड खोपमासमेत सचिव अर्याल बिचौलियासँग मिलेर कमिसन खेलमा लागेर खोप खरिद पक्रिया बिथोलेको आरोप लाग्दै आएको छ । अर्यालकी धर्मपत्नी सहसचिव निता अर्याल पोखरेल भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टर रहेकाले सचिव अर्यालले त्यहिँबाट खोप खरिदमा सेटिङ गर्न खोजेको आरोप लागेको हो । त्यहिँ भएर पहिलो डोज कोभिसिल्ड लगाएका करिब १३ लाख व्यक्तिहरु दोस्रो डोज लगाउनबाट बन्चित हुनुपरेको हो ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com