एघार जिल्लामा नयाँ सिडिओ, सहसचिवको दरबन्दीमा खटाइए उपसचिव सिडिओ


काठमाडौं। गृह मन्त्रालयले एघार जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) नयाँ खटाएको छ। गृह मन्त्रालयले ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा उपसचिव उमेशकुमार दाहाललाई खटाएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दाहाललाई ताप्लेजुङको कमाण्ड दिइएको हो। पाथीभरा केबलकार विवादले गर्दा उक्त जिल्लामा सिडिओलाई काम गर्न सहज देखिंदैन।

हुम्लाको सिडिओमा उपसचिव भोलानाथ गुरागाई, सोलुखुम्बुको सिडिओमा उपसचिव कमानसिंह थापा, रुकुम पूर्वको सिडिओमा उपसचिव कोपिला राई, रसुवाको सिडिओमा उपसचिव नरेन्द्र परियार, मुगुको सिडिओमा उपसचिव पोषणराज भण्डारी र मनाङको सिडिओमा उपसचिव मुक्तिप्रसाद खनाललाई पठाइएको छ।

मुगुको सिडिओमा सरुवा भएका गुरागाई काभ्रेपलाञ्चोकको सहायक सिडिओ, सोलुखुम्बुको सिडिओमा पठाइएका थापा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृत, रुकुम पूर्वको सिडिओमा सरुवा भएकी राई खोटाङको सहायक सिडिओ, रसुवाको सिडिओमा पठाइएका परियार सुनसरीको सहायक सिडिओ, मुगुको सिडिओमा खटाइएका भण्डारी नवलपरासीको सहायक सिडिओ र मनाङको सिडिओमा सरूवा गरिएका खनाल इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख रहेका थिए। सोलुखुम्बुको सिडिओ भएका थापा माओवादी सत्तामा सबैभन्दा बढी लाभ लिने उपसचिवमा पर्छन्।

गृह मन्त्रालयले कालिकोटको सिडिओमा उपसचिव झविलाल भट्टराई, दार्चुलाको सिडिओमा उपसचिव वर्तराज पौडेल, जुम्लाको सिडिओमा उपसचिव तेजप्रकाश प्रसाई र डडेलधुराको सिडिओमा उपसचिव मिना अर्याललाई पठाएको छ। कालिकोटको सिडिओमा पठाइएका भट्टराई अर्घाखाँचीको सहायक सिडिओ, दार्चुलाको सिडिओमा खटाइएका पौडेल गृह मन्त्रालयका उपसचिव, जुम्लाको सिडिओमा पठाइएका प्रसाई झापाको सहायक सिडिओ र डडेलधुराको सिडिओमा पठाइएकी अर्याललाई गृह मन्त्रालयमा कार्यरत उपसचिव हुन्।

सहसचिवको दरबन्दी रहेको जुम्ला र डडेलधुरामा उपसचिव सिडिओ खटाइएको छ। उपसचिव तेज प्रकाश प्रसाई सहसचिवको दरबन्दी भएको जुम्लाको सिडिओ र उपसचिव मिना अर्याल सहसचिवको दरबन्दी रहेको डडेलधुराको सिडिओ बनाइएको/बनेकी हुन्। जुम्लाका सिडिओ दिपक पौडेललाई लमजुङको सहायक सिडिओमा खटाइएको छ। डडेलधुरामा भने लामो समयदेखि सिडिओ खाली रहेको थियो। उक्त ठाउँमा अर्याललाई सिडिओ पठाइएको हो।

ताप्लेजुङका सिडिओ शिवराज सेढाइलाई पाल्पाको सहायक सिडिओ, सोलुखुम्बुको सिडिओ लिलाकुमारी केसी पाण्डेले काभ्रेपलाञ्चोकको सहायक सिडिओ, मुगुका सिडिओ खडानन्द खत्रीलाई कैलालीको सहायक सिडिओ, रसुवाका सिडिओ राजेश पन्थीलाई अर्घाखाँचीको सहायक सिडिओ र दार्चुलाका सिडिओ अनिल पौडेललाई धादिङको सहायक सिडिओमा सरूवा गरिएको छ।

त्यस्तै रुकुम पूर्वको सिडिओ सिता परियारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग, मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेललाई गृह मन्त्रालय, कालिकोटका सिडिओ गोकर्णराज सुयल र हुम्लाका सिडिओ टेककुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय सरुवा गरिएको छ। सिडिओको जिम्मेवारीमा रहेका उनीहरू सबैको सरुवा अवधि पुगिसकेको थियो। गृहको सिडिओ सरुवा केही हदसम्म सन्तुलित देखिन्छ।

गृह मन्त्रालयले एकै लटमा ४२ जना उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ