अवकाशको मुखमा रहेका सहसचिव सिडिओहरू
काठमाडौं। ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चालू आर्थिक वर्षभित्रै अवकाशमा जाने सूचीमा छन्। झापादेखि कञ्चनपुरसम्मका सिडिओ चालू आर्थिक वर्ष (२०८३/८४)भित्रै अवकाशमा जाने सूचीमा रहेका हुन्।
दोलखाका प्रमुख जिल्ला अधिकारी (सहसचिव) हरिप्रसाद घिमिरे मंसिर १४ गते अनिवार्य अवकाशमा जान लागेका छन्। ५८ वर्ष पूरा भएर उनी घर जान लागेका हुन्। पुस १७ गते दोलखाको सिडिओ भएका घिमिरेको जागिर ४ महिना बाँकी छ। कुनै विवादमा नपरे उनी दोलखाबाटै घर जाने सम्भावना छ।
झापाका प्रमुख जिल्ला अधिकारी (सहसचिव) शिवराम गेलाल माघ १२ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। २०८२ कार्तिक १३ गते झापाको सिडिओको जिम्मेवारी सम्हालेका गेलालको ९ महिना अवधि पुगेको छ। उनको जागिर भने अझै ६ महिना बाँकी रहेको पाइन्छ।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी (सहसचिव) दिपकराज नेपाल फागुन १० गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। पुस १६ गते सिडिओमा हाजिर भएका नेपाल ७ महिना पुग्न लागेको छ। अब उनको जागिर पनि ७ महिना नै बाँकी छ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) बासुदेव दाहाल चैत ९ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। मंसिर ८ गते सिडिओको जिम्मेवारी सम्हालेका दाहालको ८ महिना जागिर बाँकी छ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सहसचिव) जनार्दन गौतम २०८३ वैशाख ५ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। उनी कार्तिक १३ गते सिडिओमा हाजिर भएका थिए। सिडिओ भएको ९ महिना पुग्न लागेका गौतमको जागिर पनि ९ महिना नै बाँकी छ।
बागलुङका प्रमुख जिल्ला अधिकारी (सहसचिव) कृष्णप्रसाद आचार्य २०८३ वैशाख ७ गते अनिवार्य अवकाशमा जादैछन्। पुस २४ सिडिओमा हाजिर भएका हुन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) बसन्त अधिकारी वैशाख १५ गते अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। सिडिओ अधिकारी कार्तिकमा मकवानपुरको सिडिओ भएर गएका थिए। एक वर्षभित्रै घर जाने सूचीमा छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) मदन कोइराला वैशाख २८ गते ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा छन्। पुस १७ गते कञ्चनपुरको सिडिओमा हाजिर उनी चालू आर्थिक वर्षमै घर जाने सूचीमा रहेका हुन्।
अवकाशको मुखमा रहेका सहसचिव सिडिओहरू
🌑 हरिप्रसाद घिमिरे दोलखा,
🌑 शिवराम गेलाल झापा,
🌑 दिपकराज नेपाल नवलपरासी पश्चिम,
🌑 बासुदेव दाहाल पाँचथर,
🌑 जनार्दन गौतम कपिलवस्तु,
🌑कृष्णप्रसाद आचार्य बागलुङ,
🌑 बसन्त अधिकारी मकवानपुर,
🌑 मदन कोइराला कञ्चनपुर
क्याटेगोरी : समाचारट्याग : #कृष्णप्रसाद आचार्य, #जनार्दन गौतम, #दिपकराज नेपाल, #बसन्त अधिकारी, #बासुदेव दाहाल, #मदन कोइराला, #शिवराम गेलाल, #हरिप्रसाद घिमिरे


तपाईको प्रतिक्रिया दिनुहोस