सहसचिव दाहालसँग विशेष अदालतले माग्यो १५ लाख धरौटी
काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दा लागेका नेपाल सरकारका निलम्बित सहसचिव मदन दाहालसँग १५ लाख रुपैयाँ धरौटी मागेको हो। विशेष अदालतमा हाजिर भएका दाहालसँग धुनछेक बहसपछि १५ लाख धरौटी मागिएको हो। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उनीसँग १५ लाख रुपैयाँ धरौटी मागेको हो।
दाहाल बिचौलिया दिपक भट्टसँगको साँठगाँठका कारण आन्तरिक राजस्व विभागको महानिर्देशकबाट सुदूरपश्चिम प्रदेश पुगेका थिए। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृह) सचिव रहेका दाहाल विशेष अदालतमा मुद्दा दायर भएपछि फरार भएका थिए। बीमा सम्बन्धी कसुरमा समेत निलम्बित सहसचिव दाहालविरूद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ। सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि दाहाल निलम्बनमा परे। त्यसपछि फरार भएका दाहाल विशेष अदालतमा उपस्थित भएका हुन्। बीमा प्राधिकरणका अध्यक्ष समेत भइसकेका दाहाललाई डब्बल मुद्दा लागेको हो।
दाहाल विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्न पुगेपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून सचिवको जिम्मेवारी तेजप्रकाश जोशीले पाएका छन्। ५५ पारीका सहसचिव दाहाल धरौटीमा रिहा हुने भएका छन्। राजस्व अनुसन्धान विभागको महानिर्देशक समेत भइसकेका दाहाल विशेष अदालतमा धरौटी बुझाउनेमा परेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #मदन दाहाल


तपाईको प्रतिक्रिया दिनुहोस