सचिव डण्डुराज घिमिरे निलम्बनमा, रविलाल पन्थ अवकाशको मुखमा
काठमाडौं। नेपाल प्रशासन सेवाका एक सचिव निलम्बनमा रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा प्रशासन सेवाको सचिव पद रिक्त हुँदा एक पदमा रूद्रसिंह तामाङ बढुवा भइसकेका छन्। झट्ट हेर्दा अझै एक सिट रिक्त जस्तो देखिन्छ। तर सचिव डण्डुराज घिमिरे भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेकाले नेपाल प्रशासन सेवाको सचिव बढुवा गर्ने ठाउँ देखिदैन।
कुनै सहसचिव निमित्त वा प्रदेशको प्रमुख सचिवमा वरिष्ठ सहसचिवलाई कायममुकायम मुकरर गरेर पठाउन सकिने अवस्था छ। तर सचिव नै बढुवा गरेर व्यवस्थापन गर्न सकिने अवस्था छैन। कानुन आउनेवित्तिकै इन्जिनियरिङ क्लष्टरमा पुग्ने सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय देखाएर सचिव बढुवा गरिन्छ भने त्यो जस्तो कुशासन, बेइमानी र अनुचित कार्य अर्को हुन सक्दैन। सुशासन खोल्सो पथतिर जानेछ।
यता राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ असोज १८ गते अवकाशमा जाने सूचीमा छन्। उनी ५ वर्ष सचिव चलाएर घर जान लागेका हुन्। पन्थ घर गएपछि भने सचिव बढुवाका लागि ढोका खुल्नेछ।
पछिल्लो समय सरकारले भटाभट प्रशासन सेवाका सचिव बढुवा गरिरहेको छ। भदौभित्र मात्र सरकारले कमलप्रसाद भट्टराई, इन्दु घिमिरे, नारायणप्रसाद भट्ट, विनोदबहादुर कुँवर, उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रूद्रसिंह तामाङलाई सचिवमा बढुवा गरेको हो। भदौ महिनामा मात्र नेपाल प्रशासन सेवाका ७ सहसचिव थपिएका छन्। भदौ महिनामा मात्र नेपाल प्रशासन सेवाका ७ सहसचिव थपिएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस