मेडिकल टुरिजम विशेष बहस

लुम्बिनीमा बच्चा जन्माए बुद्धत्व प्राप्त हुन्छ भन्ने सन्देश दिऔं


काठमाडौं । श्रीलंकाले नेपालको लुम्बिनीमा ३० बेडको अस्पताल बनाउने प्रस्ताव अगाडी सारेको छ । उसको प्रस्तावलाई स्वीकार गरेर हामीले विशेष सेवा प्रवाह गर्नु पर्छ । ३० बेडको अस्पतालमा विभिन्न खाले सेवा प्रवाह हुन्छ । तर, मुख्यगरी प्रसूतिको सेवालाई प्राथमिकतामा राख्नुपर्छ ।

लुम्बिनीमा विभिन्न खाले पर्यटक आउँछन् । उनीहरुलाई लाग्ने रोग र देखिने समस्या पनि फरक-फरक हुने भएकाले नयाँ बन्ने अस्पतालमा सोही किसिमको सेवा अपरिहार्य हुन्छ । भैरहवामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । यो सञ्चालन भएसँगै अस्पतालमा सेवा लिन आउँने बिरामीहरुको संख्या धेरै हुन्छ ।

प्रस्ताव गरिएको ३० बेडमध्ये केही बेड डेलिभरीका लागि मात्रै भनेर छुट्याउनु पर्छ । यसरी छुट्याएको बेडबाट डेलिभरी गराउने र लुम्बिनीमा जन्मेको बच्चाले बुद्धत्व प्राप्त गर्छ भन्ने सन्देश हामीले विश्वसामु प्रवाह गर्नुपर्छ

कतिपय मानिसहरु बुद्धप्रति नतमस्तक हुन्छन् । म बुद्धिस्ट हुँ बुद्ध जन्मेको ठाउँमै गएर बच्चा जन्माउँछु भन्नु धेरै ठूलो कुरा हो । यस्ता मान्छे विश्वमा ठूलो संख्यामा छन् । यदी हामीले लुम्बिनीमा जन्मेको बच्चाले बुद्धत्व प्राप्त गर्छ भन्ने सन्देश विश्वसामु प्रवाह गर्न सकेको खण्डमा मेडिकल टुरिजमले नेपालमा ठूलो फड्को मार्नेछ ।

नेपालीहरु बनारस, काशी गएजस्तो हो, नेपालको लुम्बिनीमा बच्चा जन्माउँदा बुद्धत्व प्राप्त हुन्छ भन्यो भने उनीहरु पनि त्यसैगरी बच्चा जन्माउन लुम्बिनी आउँछन् । अहिले ३० बेड भनिएको छ तर, नेपालले यो मोडलमा अगाडि बढे थामिनसक्नु मानिसहरु डेलिभरी हुन लुम्बिनी आउँने छन् ।

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com