मेडिकल टुरिजम विशेष बहस

लुम्बिनीमा प्रसूति तथा बाल रोग अस्पताल बनाउनु पर्छ


पश्चिमा देशको ‘हट केक’ लुम्बिनी बन्दै गएको छ । नेपालको मात्रै हैन भारतकोसमेत ठूलो हिस्सालाई लुम्बिनीले ‘कभर’ गरेको छ । पश्चिमा देशकोसमेत निगरानीमा लुम्बिनी भएकाले त्यहाँ एउटा स्तरीय प्रसूति तथा बाल रोग अस्पताल बनाउन ढिला भइसकेको छ । ढिलोचाँडो लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउनुको विकल्प हामीसँग छैन

लुम्बिनी पर्यटकको उपयुक्त गन्तव्य हो । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलसमेत सञ्चालनको अन्तिम तयारीमा छ । भोलिका दिनमा उपचार गराउन कै लागि किन काठमाडौं जाने भन्ने आवाज उठ्छ । उठ्नु पर्छ जुन स्वभाविक पनि हो ।

अब तुरुन्तै लुम्बिनीमा प्रसूति तथा बाल रोग अस्पताल बनाउन थालिहाल्नु पर्छ । पश्चिमा देशका नागरिकहरु जसले बुद्धप्रति आस्था र विश्वास राख्छन् उनीहरु बुद्धको जन्मभूमी लुम्बिनी आएर बच्चा जन्माउँछन् । यसले नेपालको अर्थतन्त्रलाई मात्रै बृद्धि गर्दैन अन्तर्राष्ट्रिय जगतमा नेपाल र लुम्बिनीको पहिचान अकल्पनीय रुपमा बढेर जान्छ ।

सरकारले वर्षौं अगाडि लुम्बिनीमा प्रसूति तथा बाल रोग अस्पताल बनाउनु पर्ने हो तर, त्यो नेपालमा जिम्मेवार ठाउँमा त्यस्तो सोच, विचार गर्न सक्ने मान्छेहरुको अभाव देखियो । अहिले अरुले नै बनाई दिन्छु भन्दा नेपालले स्वीकार गर्ने मात्रै हैन त्यस सेवालाई कसरी बेच्न सकिन्छ भनेर पनि योजना बनाउनु पर्छ ।

चीनले सिभिल अस्पताल बनाए जस्तो हुनु हुँदैन । धेरै ठूलो र व्यवस्थित संरचना हुने सिभिल अस्पतालमा सानो संरचना बनाएर आवश्यकता भन्दा बढी एरिया कब्जा भएको छ । नेपालका लागि लुम्बिनीमा मात्रै हैन हरेक ठाउँमा हजारौंँ अस्पतालको आवश्यकता छ । यसलाई सोच्दै अगाडि बढ्नु पर्छ । बुद्धको जन्मभूमि लुम्बिनीमा तत्काल अस्पताल बनाउन जिम्मेवार निकाय र सरोकार अग्रसर हुनुपर्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, विचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com