पर्यटन बोर्डका सिईओ रेग्मीको स्पष्टीकरण सचिव कोइरालाको गोजिमा !


काठमाडौं । नेपाल पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीको स्पष्टीकरण सचिव यादव कोइरालाको गोजिमा रहेको चर्चा चलेको छ । पर्यटनमन्त्री प्रेम आलेले पोखरा पर्यटन परिषदको कार्यक्रममा सिईओ रेग्मीलाई देख्नेबित्तिकै ट्वाईलेटतिर छिरेपछि यो विषयले चर्चा पाएको हो ।

स्वास्थ्य सचिवकोसमेत जिम्मेवारी सम्हालेका कोइरालाले सिईओ रेग्मीलाई जोगाउन खोजेकाले पर्यटनबाट सरुवा गरिएको चर्चाकाबीच मन्त्री आलेको असन्तुष्टिबाहिर आएको हो ।

रेग्मीलाई  देख्नसाथ  कारबाहीका लागि स्पष्टीकरण सोधेको व्यक्तिसँग एउटै मञ्चमा नबस्ने भन्दै मन्त्री आले फन्किएर हिँडेका हुन् ।  सचिव कोइरालाको सरुवा हुनु र रेग्मीप्रति मन्त्री आले रुष्ट देखिनुले सचिवले सिईओ जोगाउन खोजेका थिए भन्ने आशंकामा बल पुगेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । महेश्वर न्यौपाने पर्यटन सचिवको भूमिकामा आएलगत्तै सिईओ रेग्मीमाथि मन्त्री आले आक्रामक बनेका छन् ।

पर्यटन बोर्डका सिईओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वितण्डा मच्चाएको घटना यसअघि नै सार्वजनिक भइसकेको छ । सिईओ रेग्मीको स्वास्थ्य जाँचपछि चिकित्सकले मादक पदार्थ सेवन (मापसे) गरेको रिपोर्ट दिएपनि त्यो घटना गोप्य राखिएको थियो । अधिक मदिरा सेवन गरेर ६ बोतल ड्युटी फ्रीमा किनेको मदिरा ल्याएका रेग्मीले विमानस्थलमा चेकजाँकको क्रममा वितण्डा मच्चाएका थिए । विमानस्थल भन्सारमा ड्युटीमा रहेका कर्मचारी सुमन थापालाई उनले अभद्र व्यवहार गरेको भिडिओ सार्वजनिक भइसकेको छ ।

मदिराले लठ्ठ मातिएका रेग्मीले भन्सारका कर्मचारीलाई  दुर्व्यवहार गरेको भिडिओबाट पुष्टि भएकाले अभद्र व्यवहारमा मुद्दा चलाउनु पर्नेमा उनलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । पोखरामा मन्त्री आलेले रेग्मीलाई सिईओको हैसियतमा नस्वीकार्नुले पर्यटन बोर्डमा रहने धेरै दिन छैन भन्ने संकेत देखिन्छ।

सम्बन्धित समाचार:

चिकित्सकले मापसे गरेको रिपोर्ट दिएका पर्यटन बोर्डका सिईओ रेग्मीले थप्पड हाने

पर्यटन बोर्डका सिईओ रेग्मीको दादागिरी: प्रधानमन्त्रीको मानसिक स्वास्थ्य जाँचदेखि नासुलाई थप्पडसम्म

पर्यटन बोर्डका ‘डन’ सिईओ रेग्मीलाई बर्खास्त गर्ने तयारी

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com