डा. रुणा झामाथि प्रश्न:

विमानस्थलका ल्याब जस्तै गलत रिपोर्ट दिने नागरिकमाथि पनि कारबाही हुन्छ ?


काठमाडौं । धनुषाका शिवकुमार मण्डल वैदेशिक रोजगारीका लागि जाने तयारी स्वरुप आरटी-पीसीआर परीक्षण गराउँन भक्तपुरको नागरिक कम्युनिटी अस्पताल पुगे । २९ वर्षका मण्डलले जनवरी २७ मा उक्त अस्पतालमा पीसीआर परीक्षण गराएका थिए ।

परीक्षणपछि रिपोर्ट पोजेटिभ आयो । उनी त्यहीँ रिपोर्ट बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । विमानस्थलको हेल्थ डेस्कले उनलाई फिर्ता मात्रै पठाएन होम आइसोलेसनमा राख्ने भन्दै एम्बुलेन्स बोलाएको थियो । तर, मण्डल त्यहाँबाट भागे ।

हेल्थ डेस्कका कर्मचारीले क्युआर कोण जाँच गर्दा एक घण्टापछि नेगेटिभ देखियो । अस्पतालले रकम लिँदै पोजेटिभलाई नेगेटिभ बनाउँने गरेको उक्त रिपोर्टबाट स्पष्ट भएको छ ।

गत ११ माघमा विमानस्थलका ल्याबको अनुगमन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको नेतृत्व गर्दै निर्देशक डा. रुणा झा पुगेकी थिइन् । विमानस्थलमा नाङ्गलो पसलझैँ खुलेका एक दर्जन बढी ल्याबहरुको अनुगमन गर्दै स्टार अस्पताल, सुमेरु सिटी अस्पताल र महेन्द्रनारायण निधी अस्पतालको ल्याबलाई मात्रै परीक्षण गर्न दिने निर्णय गरेकी थिइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. झाले अन्य ल्याबको हकमा भने स्वाब संकलन केन्द्र मात्रै भएको आरोप लगाउँदै परीक्षणमा रोक लगाएकी थिएन् । तर, स्वास्थ्य लाइभले विमानस्थलकोभन्दा गम्भीर गल्ति गरेको नागरिक कम्युनिटी अस्पतालको बदमासी फेला पारेको छ । प्रयोगशालाकी निर्देशक झाले यो अस्पतालको ल्याबमाथि कस्तो कारबाही गर्छिन् त्यो हेर्न बाँकी नै छ ।

विमानस्थलका सीमित ल्याबलाई मात्रै वैधानिकता दिएको एनपिएचएल र त्यसको नेतृत्वकर्ता झामाथि यो रिपोर्ट र ल्याबले गिज्याइरहेको छ । विमानस्थल हेल्थ डेस्कका एक अधिकारीले स्वास्थ्य लाइभसँग भने, ‘विमानस्थलमा विदेश जानेको स्वाब संकलन गरेको भन्दै ९ वटा ल्याब बन्द गराउने रुणा झा विदेश जाने व्यक्तिको कोरोना पोजेटिभलाई नेगेटिभ रिपोर्ट बनाएर दिएको विषयमा के गर्छिन् यसले उनको मुल्यांकन गर्ने छ ।’, विमानस्थलमाझैँ बन्द गराउँछिन् वा संरक्षण गर्छिन् केही दिनमा त्यो विषय सार्वजनिक हुने नै छ  ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, सुशासन
ट्याग : ## डा. रुणा झा, ## त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, ## नागरिक कम्युनिटी अस्पताल भक्तपुर, ## पीसीआर रिपोर्ट पोजेटिभ- नेगेटिभ, ## राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल, ## ल्याब

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com