चिकित्सा शिक्षा आयोगले पिजी एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गर्‍यो


काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

पिजीको एमडी/एमएसको प्रश्नपत्र बाहिरिएको आशंकाकाबीच आयोगले माघ ८ गतेदेखि १० गतेसम्म सञ्चालन भएको पिजीका एमडी/एमएसलगायतका विभिन्न विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

नक्कली परीक्षार्थी बनेर परीक्षामा सहभागी भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

आयोगले सञ्चालन गरेको पिजीको एमडी/एमएसको परीक्षाको निष्पक्षता र विश्वसनियतामाथि प्रश्न उठिरहेका बेला नजिता सार्वजनिक गरिएको हो ।

आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधनसहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्कसहित समावेश गरी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरिएको जनाएको छ ।

दुर्गम क्षेत्रमा काम गरेको अनुभवका लागि पेश गरेको कागजात लगायतका अन्य झुठो विवरण पेश गरी परीक्षामा सहभागी भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा योग्यताको सूचीमा परेको भएतापनि वा भर्ना भई अध्धयनरत अवस्थामा रहेपनि निजको भर्ना समेत रद्ध गरिने चिकित्सा शिक्षा आयोगले स्पष्ट पारेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #एकीकृत प्रवेश परीक्षा, #एमडी एमएस, #चिकित्सा शिक्षा आयोग, #नतिजा सार्वजनिक, #पिजी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com