‘क्यान्सर अस्पतालका पूर्व सिईओ डीमप्रकाश पौडेलसँग बतास र योगेश भटृराईको सेटिङ’


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले  पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले बतास समूहसँगको सेटिङमा डीमप्रकाश पौडेललाई वायुसेवा निगमको एमडी बनाएको दाबी गरेका छन् ।

ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालका कार्यकारी अधिकृत रहिसकेका पौडेललाई योगेश भट्टराईले सेटिङमा वायुसेवा निगमको एमडी बनाएको मन्त्री आलेको दाबी छ ।

सामाजिक सञ्जालमा देश नेताले नै गर्दा बिग्रिएको भनेर भाइरल भएको आलेको भिडिओमा पूर्व मन्त्री योगेश भट्टराईले सेटिङमा बतासका पार्टनर पौडेललाई वायुसेवा निगमको एमडी र धनन्ज्य रेग्मीलाई पर्यटन बोर्डको सिईओ बनाएको आरोप लगाएका छन् । उनले भट्टराई, बतास, पौडेल र रेग्मीबीचको कनेक्सन देखाउँदै अनि कसरी बन्छ त हाम्रो देश भन्ने अभिव्यक्ति दिएका छन् ।

 

सामाजिक सञ्जालमा भाइरल पर्यटनमन्त्री आलेले बोलेको भिडिओमा योगेश भट्टराईमाथि धर्मशाला बतासलाई बुझाएको, वायुसेवामा पौडेललाई एमडी बनाएको र रेग्मीलाई पर्यटन बोर्डको सिईओ बनाएको आरोप लगाउँदै उनले कस्तो सेटिङ हेनुहोस् न अनि कसरी बन्छ त हाम्रो देश भनेका हुन् ।

चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक समेतको जिम्मेवारी सम्हालेका पौडेल वायुसेवा निगममा जानुअघि बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज प्रालिका प्रमुख कार्यकारी अधिकृत थिए । त्यहीँ प्रसंग निकाल्दै पर्यटनमन्त्री प्रेम आलेले योगेश भट्टराईलाई बतास समूहसँग जोडेर सेटिङ गरेको खुलासा गरेका हुन् ।

क्याटेगोरी : सुशासन
ट्याग : ## प्रेम आले, ## बतास समूह, ##चितवन मेडिकल कलेज, ##नेपाल क्यान्सर अस्पताल, #अटो कम्पनी, #इस्ट्रन एजेन्सिज प्रालि, #डीम प्रकाश पौडेल, #धनन्ज्य रेग्मी, #नेपाल वायुसेवा निगम, #पर्यटन बोर्ड, #पर्यटनमन्त्री प्रेम आले, #योगेश भट्टराई, #सेटिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com