कोरोना खोप खरिद

एडीबी र विश्व वैंकको १० अर्ब २९ करोड , सरकारको ६ अर्ब खर्च


काठमाडौं । कोरोना भाइरस कोभिड-१९ विरुद्ध तयार भएका खोप खरिदमा हालसम्म सरकारले १६ अर्ब ३७ करोड ९० लाख ५८ हजार ८० रुपैयाँको खोप खरिद गरेको छ । स्वास्थ्य लाइभलाई प्राप्त विवरणअनुसार कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर, मोर्डना खोप खरिदमा उक्त रकम खर्च गरेको हो ।

प्राप्त जानकारीअनुसार एडीबी र विश्व वैंकले १० अर्ब २९ करोड ४६ हजार ८० रुपैयाँको खोप खरिद गरेका छन् भने नेपाल सरकार आफूले ६ अर्ब ८ करोड ९० लाख १२ हजार रुपैयाँको खरिद गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुकाअनुसार चीनको भेरोसेल र भारतबाट ल्याएको कोभिसिल्ड खोप मात्रै नेपाल सरकारले खरिद गरेको हो । अन्य सबै खोपमा नि:शुल्क भन्दै दातृ निकायले सहयोग गर्ने रकमबाट कटाइएको छ ।

सरकारले २५ अर्ब रुपैयाँ बढी खोप खरिदका लागि निकासा गरेको भएपनि खर्च भने ६ अर्ब भएको देखिएको छ । ‘सरकारले किन्दा सस्तो मूल्यमा आउँछ’, एक अधिकारीले भने, ‘दातृ निकायले दिदा हामीले किन्ने भन्दा दोब्बर बढी मूल्य कटाउँछन् । त्यसैले अभाव सिर्जना गरी एडीबी र विश्व वैंंकको पैसामा गाभी, युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संस्थाले दिने गर्छन ।’,

एडीबीले ४ अर्ब ९८ करोड ३० लाख १४ हजार १६० रुपैयाँको खोप खरिद गरेको छ । त्यस्तै त्यसमा आवश्यक पर्ने सिरिन्ज ७ करोड ३९ लाख ८५ हजार ५२० रुपैयाँको खरिद गरेको छ । यता विश्व वैंकले १ अर्ब २० करोड २ लाख ४० हजार रुपैयाँको खोप र ४ अर्ब ३२ करोड ८ लाख ६ हजार ४ सय रुपैयाँको सिरिन्ज खरिद गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५ देखि ११ वर्षका बाल बालिकाका लागि चाँडै सम्झौता

सरकारले केही दिनभित्र ५ देखि ११ वर्षका बाल बालिकालाई कोभिडविरुद्धको खोप दिन चाँडै फाइजर कम्पनीसँग सम्झौता गर्ने भएको छ । करिब ३० लाख बालबालिकाका लागि ६० लाख फाइजर खोप खरिद गर्न लागिएको हो । उक्त प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्य सेवा विभागले बताएअनुसार फाइजर कम्पनीले सम्झौताका लागि ताकेता पत्र पठाइसकेको छ । नेपालले यस विषयमा जवाफ पठाएको छैन । ‘स्वास्थ्य सेवा विभागका एक अधिकारीले भने, ‘फाइजर कम्पनीले पत्र पठाएको छ । तर, केही कुराहरु नमिलेका कारण हामीले सम्झौता गरेका छैनौं ।’

अधिकारीहरुको भनाई सुन्दा कम्पनी खोप मात्रै दिन तयार भएको छ । त्यस्तै कम्पनीले प्रति डोज १० डलर मूल्य खुलाएर पत्र पठाएको छ । यसमा केही कम गर्न सकिन्छकी भनेर नेपालका अधिकारी लागेका छन ।

यस अगाडि अन्य मिडियाको फोटो पर्न गएकोमा क्षमाप्रार्थी छौं । सम्पादक

क्याटेगोरी : सुशासन
ट्याग : ##एडीबी, ##काेभिड-१९, ##खाेप, #विश्व वैंक, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com