जनसंख्या र प्रशासनकाे अधिकार लिएर आइन् देवकुमारी स्वास्थ्यमा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हालै सरुवा भएर आएकी प्रशासनतर्फकी सचिव देवकुमारी गुरागाईंले जनसंख्या र प्रशासन हेर्ने जिम्मा लिएर आएकी छन् ।

जनसंख्या हेर्नेगरी स्वास्थ्यमा सरुवा गरेकाे बताएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य लाइभलाई उपलब्ध गराएकाे पत्रमा उनकाे अधिकार स्पष्ट रुपमा जनसंख्या र प्रशासन हेर्ने उल्लेख छ । याेसँगै स्वास्थ्य मन्त्रालयकाे सबै जसाे अधिकार गुरागाईंमा निहीत भएकाे छ । सरुवा, बढुवा, आर्थिक अधिकार सबै उनले प्रयोग गर्नेछिन् ।

याे निर्णयले स्वास्थ्यमा फेरि विवाद हुने देखिएकाे छ ।  अवकाश हुन दुई वर्ष बाँकी रहँदा गुरागाईं स्वास्थ्य मन्त्रालयको सचिवमा आएकी छिन् ।

२०७५ फागुन २६ गते सचिवमा बढुवा भएकी देवकुमारी फागुनमै जिम्मेवारी सम्हाल्ने गरी स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारीमा आइपुगेकी हुन् ।

प्राविधिक सहायक, अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिवमा पनि गुरागाईं विविधतर्फ शिक्षा सेवाको शिक्षा प्रशासनबाटै बढुवा भएकी हुन् । सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय(पीपीएमओ) हुँदै उनी स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको भूमिकामा आइपुगेकी छिन् ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com