पूर्व स्वास्थ्यमन्त्री ढकाल, अर्यालसहित एमाले नेताविरुद्ध भ्रष्टाचारमा उजुरी


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पद्या अर्यालसहितका एमालेका नेताविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पद्या अर्याल, योगेश भट्टराईसहितका नेतामाथि भ्रष्टाचार छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

आज अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारको समयमा भएको भ्रष्टाचार छानबिन माग गर्दै उजुरी दर्ता गरेका हो । अनेरास्ववियुले कोभिड १९ को महामारीको समयमा स्वास्थ्य सामाग्री (ओम्नि प्रकरण )खरिद गर्ने प्रक्रियामा गम्भीर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन उपप्रधानमन्त्री सिसिएमसिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि भ्रष्टाचारमा छानबिन गर्न माग गरेको छ ।

त्यस्तै गिरिबन्धु टि स्टेट जग्गा सट्टापट्टामा ऐन संसोधन गरि नितिगत भ्रष्टाचार गर्ने तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री पद्या अर्यालमाथि भ्रष्टाचारमा छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दर्ता गरिएको हो ।

नेपाल भ्रमण वर्ष, २०२० को नाममा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राज्यकोषबाट भएको भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता  गरिएको अनेरास्ववियुका अध्यक्ष पराजुलीले जनाए ।

क्याटेगोरी : सुशासन
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #अनेरास्ववियू, #उजुरी, #एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, #पद्या अर्याल, #पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, #पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, #भ्रष्टाचार छानबिन, #योगेश भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com