पारासिटामोल खानै डरमर्दो

अध्ययन, अनुसन्धान बिनै जीवनरक्षक औषधिको वजन बढाइयो


काठमाडौं ।  निकै ठूलो आर्थिक चलखेलका कारण अध्ययन, अनुसन्धान बिनै जीवनरक्षक पारासिटामोलको वजन बढाइएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले पारासिटामोलको वजन ५ सय मिलिग्रामबाट बढाएर ६ सय ५० मिलिग्राम पुर्‍याउन अनुमति दिएको हो । यसको औपचारिक निर्णय भने बाहिर आएको छैन ।

यस अगाडि नै स्वास्थ्य लाइभले पारासिटामोलको मूल्य बढाउन चोर बाटो रोजेको विषयमा समाचार प्रकाशित गरेको थियो । आज ठ्याक्कै त्यस्तै भएको छ । सिंगो मन्त्रालयनै कसरी जनताको स्वास्थ्य सुधार्ने भन्दा पनि बढी डोज औषधि खुवाउने अभियानमा होमिएको छ ।

सामाजिक सञ्जालमा चर्चा बटुलेका केही चिकित्सक भेला पारेर स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई पारासिटामोलको वजन बढाउन अनुमति दिएको छ । अहिलेसम्म नेपालमा ५ सय मिलिग्रामको पारासिटामोल प्रयोग हुँदै आएको छ ।

औषधि उत्पादक कम्पनी र केही चिकित्सकहरुले ५ सय मिलिग्रामको पारासिटामोलले काम गर्न छाडेको बताइरहेका छन् । तर, जनताको ज्यानसँग जोडिएको विषयमा कुनै अध्ययन अनुसन्धान बिनै आर्थिक प्रलोभकै भरमा वजन बढाउने निर्णय गर्नु जनताको हितमा छैन र हुन पनि सक्दैन । उपभोक्ता अधिकारकर्मी ज्योती बाँनिया पनि ५ सय मिलिग्रामको पारासिटामोललाई ६ सय ५० बनाउनु गलत भएको बताउँछन् ।

जीवनरक्षक औषधि हो पारासिटामोल । यो नेपालमा ५० वर्ष अघिदेखि ५ सय मिलिग्राममा उत्पादन र आयात हुुँदै आएको छ । बानियाँ भन्छन्, ‘यसको मूूूल्य प्रतिटयाब्लेट रू १ कायम हुनेगरि राजपत्रमा सूचना प्रकाशित भएको छ । लामो समयदेखि यो मूल्य बढी गर्न उत्पादकहरु प्रयासमा थिए तर  मूल्य विश्लेेेेषण गर्दा रु १ भन्दा बढी देखाउन नसकेपछि मन्त्रीसग मेलोमेतो गरि मिलिग्राम नै परिवर्तन गरि आफूखुशी मूल्य तोकी उपभोक्ता उपर मूल्यलूट गर्ने सक्ने नयाँ बाटो उपयोग गर्न खोजेको पाइयो ।

अध्ययन अनुसन्धान नगरी नयाँ मिलिग्रामको औषधि उत्पादन र बिक्री गर्न पााइँदैन । उपभोक्ता अधिकााारकर्मी बानियाँ अहिलेसम्म नेपालमा ६ सय ५० मिलिग्राम प्यारासिटामोलको क्लिनिकल परीक्षण नभएको बताउँछन् ।                          सीमित उत्पादकले बढी मूूूल्य लिने पाउने स्वार्थमा गरिएको यस्तो गलत, अनुचित, उपभोक्ताको जीवनमाथि हुने गम्भीर खेलबाड गर्ने  निर्णय हो । उपभोक्ता ठग्ने नियतले गरिएको  दीर्घकालीन प्रभाव पार्ने निर्णय देखादेखी नितिगत भ्रष्टाचार हो ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com