स्वास्थ्यमा बेथिति

एक पिलेट मासु-भातको लोभमा देशको ‘होल’ स्वास्थ्य सिस्टम एनजिओको हातमा 

स्वास्थ्यका कर्मचारीले प्रयोग गर्नुपरे एनजिओका कर्मचारीसँग विन्ति गर्नुपर्ने


काठमाडौं । ‘भुक्ने कुकुरले टोक्दैन !’ यसो भन्नुको अर्थ हो अरू मानिसहरूलाई सजिलै धम्की दिने व्यक्तिले प्रायः केही गर्न सक्दैन । यो नेपाली उखान जस्तो ठ्याक्कै अहिले स्वास्थ्यमा भएको छ ।

स्वास्थ्य मन्त्रालयको अन्तराष्ट्रिय समन्वय महाशाखा उखानमा जस्तै धम्की दिने कर्मचारीको हातमा परेको छ । डा. संगिता कौशल मिश्राका सुरुवाती तडकभडक भुक्ने कुकुरको उखानभन्दा कुनै कम थिएन ।

स्वास्थ्यका अधिकारीहरु भन्छन्, ‘सुरुका दिनमा संगिताले एनजिओ, आइएनजिओको कब्जाबाट स्वास्थ्य मन्त्रालय बाहिर निकाल्छु भन्दै हिँडेकी थिइन् तर, पछि एनजिओ, आइएनजिओको पैसामा फिल्ड हिँड्न थालिन जसले गर्दा आफ्नो सिस्टम विदेशीको कब्जामा पुग्दा समेत मौन बसिन् ।’, विगतमा एनजिओ/आइएनजिओप्रति दिएको कडा जवाफ अहिले स्वास्थ्य मन्त्रालयको प्रवक्ता समेत रहेकी डा. मिश्रालाई गलपासो भएको छ ।

स्वास्थ्य मन्त्रालय कब्जामा लिएका बाहिरी शक्तिले देशकै तथ्यांकको मुटु एकीकृत स्वास्थ्य सूचना प्रणाली समेत सरकारबाट खोसेको पाइएको छ । नेपालको स्वास्थ्य सिस्टम यतिबेला भाडामा बस्ने व्यक्तिलाई समग्र घरको तालाचाबी दिएको जस्तो भएको छ । एक पिलेट भात र दुई चोक्टा मासुमा आफ्नो सरकारी सिस्टमनै विदेशीलाई सुम्पिनु सामान्य कुरा हुुँदैहैन ।

स्वास्थ्य लाइभले लामो समय लगाएर गरेको अनुसनधानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेको एकीकृत स्वास्थ्य सूचना प्रणाली विदेशी संस्थाको नियन्त्रणमा भएको पाइएको छ । वर्षमा केही करोड रकम सहयोग गरेको बाहनामा आफ्ना सरकारी सिस्टम नियन्त्रण गर्नु र मासु भात र रक्सिको लोभमा सिस्टम नै आफ्नालाई नदिएर पराइलाई दिनु नीतिगत भ्रष्टाचार भएको अधिकारीहरु बताउँछन् ।

हामीले गरेको अध्ययनले एकिकृत स्वास्थ्य सूचना प्रणालीमामा वर्तमान र विगतमा काम गरेका कुनै पनि तथ्यांक अधिकृतसँग एकीकृत स्वास्थ्य सूचना प्रणालीको सिस्टम खोल्ने र त्यसलाई मिलाउने अधिकार छैन । केही सरकारी कर्मचारीले मात्रै सिस्टम खोलेर तथ्यांक हेर्न सक्छन् । तर, तथ्यांकभित्र गएर नेपालीहरुको सम्पूर्ण विवरण हेर्न प्रतिबन्ध लगाइएको छ ।

‘नाम उल्लेख नगर्ने सर्तमा एकिकृत स्वास्थ्य सूचना प्रणालीका एक अधिकारीले भने, नेपालीहरुको तथ्यांक हेर्ने हाम्रो कुनै अधिकार छैन । हामीलाई पासवर्ड मात्रै दिइएको छ । सिस्टम यस्तो बनाईएको छ की सुपरएडमिन बाहेक अन्यले सबै विवरण हेर्न सक्दैनन् ।’

स्वास्थ्यका सबै तथ्यांक हेर्ने र मिलाउने(सुपरएडमीन) एनजिओ र आइएनजिओका माफियालाई सुम्पिएको छ । आइएनजिओका माफिया पोसेर आफ्ना कर्मचारी पाखा लगाउने मुख्य व्यक्ति एकीकृत स्वास्थ्य सूचना प्रणालीका प्रमुख अनिल थापा हुन् । तर, आफ्नो विवेकले यस्तो निर्णय गर्ने सक्ने क्षमता र योग्यता भएका व्यक्ति थापा हैनन् । थापा एनजिओ/आइएनजिओको संरक्षक बनेका यसअघिका स्वास्थ्य सचिव लक्ष्मण अर्यालका खास मान्छे हुन् । ‘डिएचआइएस२’ को सुपरएडमीन एनजिओ/आइएनजिओ माफियालाई बनाएको र स्वास्थ्यका अधिकारीलाई वञ्चित गरेको विषयमा स्वास्थ्य लाइभले बुझ्न खोज्दा थापाको मोबाइल हिजोदेखि समाचार तयार पार्दासम्म बन्द गरिएको छ ।

एकीकृत स्वास्थ्य सूचना प्रणाली यस्तो सिस्टम हो, जुन सबै नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा समेटिएको हुन्छ । यसमा देशैभरका सूचीकृत अस्पतालहरुले ओपिडिमा आएका बिरामीको विवरण समावेश गर्छन् ।

सुपरयुजरले तथ्यांक रिराइट गर्न, डिजाइन गर्न, डिलिट गर्न, जोड्न सक्छ । एचएमआइएस देशको होल सिस्टम हो । तर, ‘डिएचआइएस२’ देशको होल स्वास्थ्य सिस्टम हो । एचएमआइएस फर्म फम्र्याट मात्रै हो । तर, देशभरबाट आएका तथ्यांक बस्ने ठाउँलाई ‘डिएचआइएस२’ भनिन्छ । नेपालमा ‘डिएचआइएस२’ को निमार्ण तथ्यांक अधिकृत मुक्तिनाथ खनालले निमार्ण गरेका हुन् ।

देशको सिस्टम काेसंग छ

स्वास्थ्य मन्त्रालयका अनुसार देशको स्वास्थ्य सिस्टम कब्जामा लिने माफियाहरु अधिकाशं एनजिओ, आइएनजिओका छन् । उनीहरु सुपरयुजर चलाएर बसिरहेका छन् । तर, हाम्रा सरकारी अधिकारीहरुले अहिलेसम्म सुपरयुजरको प्रयोग गर्न पाएका छैनन् । कतिपयले युजर मात्रै पनि पाएका छैनन् । देशको स्वास्थ्य सिस्टम कब्जा गर्ने माफियाहरु धेरै छन् ।

 

स्वास्थ्य लाइभले पाएको गोप्य जानकारी अनुसार यो समाचार तयार पार्दासम्म डब्लुएचओका अभय श्रेष्ठ ‘डिएचआइएस२’ अर्थात् देशको होल स्वास्थ्य सिस्टमको सुपरयुजर छन् । त्यस्तै जिआइजेडका निर्मल ढकाल र पदम दाहाललाई पनि सुपरयुजर दिइएको छ । यता युनिसेफ र एनएचएसएसपीले पनि सुपरयुजर भएर सिस्टम चलाइरहेका छन् ।

गधा घोएर कहिलै गाई बनाउँन सकिदैंन भनेजस्तै जति सचेत गराए पनि स्वास्थ्य मन्त्रालय र मातहतमा प्रमुखहरुमा कुनै परिवर्तन आएको छैन ।  किनकी उनिहरुको पेट पाल्ने एउटा बलियो आधार यीनै एनजीओ/आइएनजीओ हुन् । रक्सी खानमन लाग्दा सरकारी खर्च गराएर खुवाउनेपनि यिनीहरु हुन् । त्यसैले समाचार लेख्दा खाइपाइ आएको खोसिने डरले केही कर्मचारी रिसाउनु स्वभाविक पनि हो । किनकी यनिहरुले मासु भात र रक्सीबाहेक अन्य बुझेका पनि छैनन् ।

‘सरकारी सिस्टमको युजर चलाउनेमाथि कारबाही हुन्छ’

प्रमुख विशेषज्ञ, डा. गुणराज लोहनी

स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले सरकारी सिस्टम आफ्नो हातमा लिनेहरुमाथी कारबाही हुने बताए । डा. लोहनीले तत्काल सुधार हुने विश्वास दिलाएका छन् । हामी उनको भनाई प्रतिभन्दा पनि काम प्रति विश्वास गर्छौं ।

प्रमुख विशेषज्ञ डा. लोहनीले ‘डिएचआइएस२’ देशको होल स्वास्थ्य सिस्टम आफू मातहत ल्याउँछन् वा एनजिओ, आइएनजिओ माफियालाई नै छाड्छन् त्यो एक दुई दिनमा जानकारी हुनेनै छ । यदि विदेशीको कब्जाबाटबाहिर ल्याउन सके उनि राष्ट्रवादी मात्रै हैन स्वास्थ्यका भ्रष्टचारीबाहेक सबै सरकारी कर्मचारीको प्रिय बन्नेछन् ।

सरकारी सिस्टम सरकारी कर्मचारीले चलाउने हो, यो आइडी पासवर्ड एनजीओ/आइएनजीओका मानिसलाई कसरी जानकारी भयो, त्यो खोजीको विषय बनेको छ । यसलाई सुधार गर्ने डा. लोहनीले प्रतिवद्धता जनाएका छन् । यदि एनजिओ आइएनजिओको हातबाट ‘डिएचआइएस२’ देशको होल स्वास्थ्य सिस्टम सरकारी कर्मचारीको हातमा पुर्‍याएको  खण्डमा देशमा केही परिवर्तनका संकेत देखिने छ ।

के हो ‘डिएचआइएस२’

‘डिएचआइएस’ भनेको जिल्ला स्वास्थ्य सूचना प्रणाली र ‘टु’ भनेको भर्सन ‘टु’ भनिएको हो । नर्वेको ओस्लो विश्वविद्यालयले १९९० को दशकमा सामान्य कन्सेप्ट डिजाइन गरेको थियो । त्यस बेला अनलाइन नभएकाले एक्सेल फम्र्याटमा अफलाइन गरिएको थियो ।

सन् २०१३ तिर अफलाइन हैन अब इन्टरनेटको विकासक्रम संगै ‘डिएचआइएस२’ लाई अनलाइन गर्न कामहरु भएको थियो । तर, के, कहाँ गर्ने कसरी गर्ने भनेर अलमलिएका थिए ।

सन् २०१३ ताका हालका स्वास्थ्य सेवा विभाग महानिर्देशक डा. दीपेन्द्ररमण सिंह ‘डिएचआइएस२’ हेर्न भनेर भारत गएका थिए । यसमा बिभिन्न दातका मान्छेहरु पनि गएका थिए । पछि मुक्ति खनालको संयोजनमा यो ‘डिएचआइएस२’ देशको होल स्वास्थ्य सिस्टम तयार भएको हो । तर, जानकारीमा आए अनुसार अहिले उनीलाई पनि एनजिओ/आइएनजिओ माफियाले एडमिन दिएका छैनन् ।

क्याटेगोरी : सुशासन
ट्याग : ##ingo, ##Ngo, ##एकीकृत स्वास्थ्य सूचना प्रणाली, ##डा राेशन पाेखरेल, ##डा संगिता कौशल मिश्रा, ##भतेर, ##स्वास्थ्य तथा जनसंख्या

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com