सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य: डिजिटल हेल्थ कार्यक्रमदेखि एक स्वास्थ्य रणनीतिसम्म


काठमाडौं । सरकारले ल्याएको २०७९/०८० को नीति तथा कार्यक्रममा स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण कुराहरू समेटेको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि सरकारले महत्त्वपूर्ण नीति लिएकाे देखिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयमा ल्याउनेदेखि एक स्वास्थ्य रणनीति कार्यान्वयनमा ल्याउनेसम्ममा कुराहरु उल्लेख छ ।

सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लाग गर्ने, औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गराउने, स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाउने सरकारको नीति रहेको छ । यो नीतिलाई नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको पहलमा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको हो ।

अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी एकै विन्दुबाट सेवा उपलब्ध गराउने र पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गर्ने सरकारको नीति छ ।

सबै स्थानीय तहका स्वास्थ्य संस्थामा चालिस वर्षमाथिका नागरिकको वर्षको एकपटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप दिइने पनि सरकारको नीति छ ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहजरूपमा हुने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ । सहित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको विस्तार गर्नेदेखि विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको छ ।

देशभित्रका प्रयोगशालहरुमा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेशमा परीक्षण गर्न पठाउने

 

शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति क्यान्सर लगायतका दीर्घरोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना, प्रसामक तथा परामर्श केन्द्र स्थापना गर्ने सरकारको नीति छ ।

नागरिकको सहभागितामा नसर्ने रोग न्यून गर्न नागरिक आरोग्य अभियान सञ्चालन गर्ने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

“एक स्वास्थ्य रणनीति” कार्यान्वयनमा ल्याई प्रतिजैविक औषधिको प्रतिरोधलाई न्यून गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालमा दिवेश कर्मचार्य नेतृत्वको बायोभ्याकले “एक स्वास्थ्य नीति” अन्तर्गत निरन्तर काम गर्दै आएको छ । उक्त संस्थाले निरन्तर काम गरिरहेको क्षेत्रलाई सरकारले पनि स्वामित्वमा लिएर  “एक स्वास्थ्य रणनीति” कार्यान्वयनमा ल्याउने नीति अख्तियार गरेको हो ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #२०७९/०८० नीति तथा कार्यक्रम, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com