स्वास्थ्यसहितका मन्त्रालयमा भ्रष्टाचार मौलाएकै हो त ?


समाचार टिप्पणी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यासहितका मन्त्रालयमा भ्रष्टाचार मौलाएकै चर्चा चलेको छ ।

सिंहदरबारमा खुलेआम ‘ब्रिफकेस’ धन्दा चलिरहेको रिपोर्टहरुबाहिर सार्वजनिक हुन थालेका छन् । खास गरी स्वास्थ्य,  गृह, सञ्चार, भौतिक पूर्वाधारलगायतका मन्त्रालय भ्रष्टाचारको अखडा बन्दै गएको सिंहदरबारभित्र अहिले व्यापक चर्चा छ । स्वास्थ्यका खरिद, प्रहरीको बढुवा र सञ्चार मन्त्रालयका पछिल्ला नियुक्तिमा ‘ब्रिफकेस’ले काम गरेको आरोप लाग्न थालेको छ ।

सिंहदरबार भ्रष्टाचारले दुर्गन्धित भइरहेको आरोप लागेका बेला सञ्चार मन्त्रालयका पछिल्ला दुई नियुक्तिले त्यो आशंकालाई थप बल पुर्‍याउने काम गरेको छ । नेपाल टेलिकममा विवादित सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रमा अति विवादित विकल पौडेललाई नियुक्ति गरेर सरकारले सिंहदरबारभित्र भ्रष्टाचार मौलाएको भन्ने सार्वजनिक चर्चा पुष्टि हुने गरी काम गरेको देखिन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।

स्वास्थ्य लाइभले सुशासन र काम गर्ने तौर तरिकामाथि प्रश्न उठाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन हेर्ने सचिव देवकुमार गुरागाईंले सरुवा मागेको समाचार सार्वजनिक गरिसकेको छ । स्वास्थ्य मन्त्रालयमा व्यापक रूपमा अनियमितता हुने गरेको र काम गर्ने वातावरण नभएको भन्दै उनले मुख्य सचिव शंकरदास बैरागीलाई भेटेर त्यहाँबाट सरुवा गरिदिन माग गरेकी थिइन् । तर अहिलेसम्म उनको सरुवा भएको छैन ।

स्वास्थ्य मन्त्रालय र सिंहदरबारभित्र भ्रष्टाचारका गतिविधि सार्वजनिक भइरहँदा स्वास्थ्य लाइभले सार्वजनिक गरेको समाचारलाई थप पुष्टि गरेको छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## भ्रष्टाचार, #अनियमितता, #सिंहदरबार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com