पाठशाला स्कुलको बदमासी

डा. उप्रेतीसँग मिलेर ‘पर्ती’ जग्गा हडप्नेदेखि बिरामीलाई डिस्टर्ब गर्नेसम्म


काठमाडौं । नयाँ बानेश्वर थापागाउँ लाखेचौर मार्गस्थित पाठशाला स्कुलको गतिविधिले बिरामीलाई समस्या परेको छ । थापागाउँको पर्ती जग्गामा डा. प्रेमरमण उप्रेतीसँग मिलेर ‘कब्जा’ जमाउने पाठशाला स्कुलका पछिल्ला गतिविधप्रति स्थानीयहरुले आपत्ति प्रकट गर्न थालेका छन् ।

स्कुललाई नाइट क्लब र डिस्को जस्तो बनाएर होहल्ला मच्चाउन थालेपछि स्थानीयहरूले विरोध गरेका हुन् । घरमा बिरामी रहेको र बच्चालाई पढ्न डिस्टर्ब हुने भनेर साउण्ड सानो बनाउन अनुरोध गर्दा पनि पाठशाला स्कुलले अटेरी गरेकाे थापागाउँका स्थानीयहरुको गुनासो छ ।

डा. उप्रेतीले ‘किर्ते’ दर्ता गरेको पर्ती जग्गा पाठशाला स्कूलको मिलेमतो पार्किङका लागि भाडामा लगाएको विषय स्वास्थ्य लाइभले यसअघिनै खुलासा गरिसकेको छ ।

स्वास्थ्य लाइभको खोजीमा डा. प्रेमरमण उप्रेती र दीपकरमण उप्रेतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर थापागाउँ हाइटमा झन्डै १ रोपनी सरकारी मानिने पर्ती जग्गा दर्ता भएको पाइएको थियो । स्थानीयले सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्दै आएको उक्त जग्गा पाठशाला स्कुलले मिलेमतोमा भाडामा लिई कब्जा गरेको छ ।

आफूलाई आदर्श व्यक्ति ठान्ने कवि अर्जुनप्रसाद पराजुली, टंकप्रसाद आचार्यलगायतको लगानी रहेको पाठशाला स्कुलले पछिल्लो समय थापागाउँमा आतंक मच्चाउन थालेको स्थानीयको भनाइ छ । घरमा बिरामी हुनुहुन्छ साउण्ड कम गरिदिनु भन्दा पनि पाठशाला स्कुलले नटेरेको स्थानीय विराट प्रकाश मैनालीको गुनासो छ ।

पाठशाला स्कुलले किर्ते दर्ता गरेर हडपेको पर्ती जग्गामा मिलेमतो गरी पार्किङ बनाउनेदेखि बिरामीलाईनै डिस्टर्ब गर्ने गरी गतिविधि सञ्चालन गर्न थालेपछि स्थानीय वासिन्दाहरु आजित भएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #नयाँ बानेश्वर थापागाउँ, #पर्ती जग्गा, #पाठशाला स्कूल, #पाठशाला स्कूलको पार्किङ, #बिरामी, #हडपेको

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com